चीनमा फलफूल उत्पादन मात्रा विश्वको पहिलो स्थानमा
2022-09-11 15:42:30cri
Share with:

वर्तमान चीनमा अन्नबाली र सागसब्जीपछि फलफूल तेस्रो ठूलो खेती व्यवसाय बनिसकेको छ। चीनमा विश्वको ८० प्रतिशत लिची, २७ प्रतिशत सुन्तला र १० प्रतिशत केरा उत्पादन हुन्छ। चीनमा विश्वको ७० प्रतिशत नाशपाती, ६० प्रतिशत तरबूज र ६० प्रतिशत आरु, ५० प्रतिशत स्याउ र ५० प्रतिशत किवी खेती हुने गर्छ। चीनको फलफूलको उत्पादन मात्रा विश्वको पहिलो स्थानमा रहेको छ।

नेपालमा पनि स्याउ, सुन्तला, केरा र आँपको उत्पादन हुन्छ। तपाईंले चीनबाट आयातित के के फलफूल खानुभएको छ?