सरसफाइ श्रेणीमा अन्तिम स्थानमा रहेको गाउँ यतिबेला नमूना बन्यो
2022-09-11 19:02:51cri
Share with:

पहिले चीनको चच्याङ प्रान्तीय आनची जिल्लाको लुच्या गाउँ एक गरिब गाउँ थियो। त्यहाँ फोहोर जताततै थियो, फोहोर पानी सडकमा बग्ने गर्थ्यो।

हाल त्यही गाउँमा अठार वटा फार्मस्टे छन्। पर्यटक भित्र्याउनका लागि गाउँमा घुमघाम गर्ने रेल संचालनमा छ।

सन् २००३ मा चिनियाँ कम्युनिष्ट पार्टीको चच्याङ प्रान्त समितिका तत्कालीन सचिव सी चिनफिङको प्रस्तावमा चच्याङ प्रान्तले गाउँ नमूना परियोजनाको कार्यान्वयन गरेको थियो। यो परियोजनाबाट ग्रामीण क्षेत्रको पर्यावरणीय वातावरण सुध्रिएको थियो, किसानको जीवन गुणस्तर उकासियो।

सन् २०१८ सेप्टेम्बर २७ तारिख चच्याङ प्रान्तको गाउँ नमूना परियोजनाले संयुक्त राष्ट्र संघीय वातावरण परियोजना कार्यालयले प्रदान गर्ने “पृथ्वी संरक्षक पुरस्कार” प्राप्त गर्यो।