मध्य शरद् चाडको विदा सम्पन्न
2022-09-12 19:13:24cri
Share with:

सेप्टेम्बर १२ तारिख मध्य शरद् चाडको अन्तिम दिन हो। प्राप्त  तथ्याङकका अनुसार, देशभरिका रेलमार्गमा ४१ लाख २३ हजार यात्रुको ओसार पसार गरिएको छ भने ६८२३ रेलको आवत जावत गरिएको छ। बिदाको अन्तिम दिनमा देशभरिको रेलमार्गमा ६२ लाख ५० हजार यात्रुको ओसार पसार गरिने अनुमान छ।

 

यात्रुहरूको सुरक्षित आवत जावतलाई प्रत्याभूति दिनका लागि विभिन्न स्थानका रेलमार्ग संस्थाले जोडतोडसँग रेलवे स्टेशन वरपर सरसफाई गरेका छन्। पैचिङ, शाङहाई र क्वाङ चौ आदि स्थानका रेलवे स्टेशनले वृद्ध-वृद्धा यात्रु लगायतका विशेष समुदायलाई विविध सुविधाजनक सेवा प्रदान गरेका छन्।

 

राजमार्गको दृष्टिबाट हेर्दा सेप्टेम्बर ११ तारिख देशभरिको एक्सप्रेस राजमार्गमा २ करोड ७१ लख ४८ हजार ५ सय गाडीको आवत जावत गरिएको छ र १० तारिखको तुलनामा २.२९ प्रतिशतले तल झरेको छ। जुन संख्या सन् २०२१ को मध्य शरद् चाड बिदाको दोस्रो दिनको दाँजोमा २५.०५ प्रतिशतले तल झरेको देखिएको छ।