उज्वेकिस्तानका पुराना जलविद्युत स्टेशन पुन:जीवित
2022-09-12 19:57:39CRI
Share with:

उज्वेकिस्तानमा ३ वटा पुराना जल विद्युत स्टेशनको दुई वर्ष भन्दा बढी समयसम्म सुधार गरिएपछि सन् २०२० मा पुन:जीवित भएका छन्। पुन:संचालनपछि तिनीहरुले उज्वेकिस्तानमा विजुलीको आपूर्ति गरेका छन्। सो परियोजना चीन र उज्वेकिस्तानबीच “बेल्ट एण्ड रोड”को प्रारुपमा उर्जा क्षेत्र बीचको सहयोगात्मक परियोजनाहरुमध्ये एउटा महत्वपूर्ण परियोजना हो। जल विद्युत स्टेशनको पुन:स्थापनाले यस क्षेत्रमा विजुलीको अभाव रहेको स्थितिलाई खुकुलो पार्दै स्थानीय जनताको जीवनयापन स्तरलाई उकासेर स्थानीय सर्वसाधारणका लागि रोजगारी प्रदान गरेको छ।

 

उज्वेकिस्तानको उर्जा मन्त्रालयका प्रेस सचिवले जल विद्युत क्षेत्रमा चीनको नयाँ प्रविधिले उज्वेकिस्तानको जल विद्युतको आपूर्तिलाई प्रभावकारी रुपमा बढाएको धारणा प्रकट गर्नुभयो।

 

सन् २०१७ मा आयोजित पहिलो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको अवधिमा चीन र उज्वेकिस्तान सरकारले जल विद्युत क्षेत्र बीचको सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरी दुई देशका जल विद्युत क्षेत्र बीचको सहयोगलाई सबल पारेका थिए। विगत केही वर्ष यता उज्वेकिस्तानले नवीकरणीय उर्जा स्रोतलाई उच्च महत्व दिँदै त्यस सम्बन्धी परियोजनाको निर्माणलाई धुमधामसँग अघि बढाउँदै आएको छ।