तिम्ल्याहा पाण्डा मूनकेक खाँदै मध्य शरद महोत्सव मनाउँदै
2022-09-13 10:03:06cri
Share with:

मध्य शरद महोत्सवको उपलक्ष्यमा, चीनको क्वाङ चौ छाङ लौङ जङ्गली जनावर पार्कका कर्मचारीहरूले तिम्ल्याहा पाण्डाहरू मङमङ, श्वाइश्वाइ र खुखुलाई विशेष मूनकेक तयार पारेका छन्। उक्त मूनकेकमा बाँसका टुक्रा र फलफूललगायत पाण्डालाई सबैभन्दा मनपर्ने खानेकुरा समावेश छन्। यी तीन वटा पाण्डाहरू यो विशेष मूनकेक खाएर निकै खुशी देखिन्छन्।