#अल्पसंख्यक जाति# सिन्च्याङको पहाडी क्षेत्रमा ३० वर्षसम्म काम गर्ने चिकित्सक
2022-09-13 10:08:05CRI
Share with:

चिनियाँ सिन्च्याङ युगुर स्वायत् प्रदेशीय टकस जिल्ला पौट्राटन पशुपालन क्षेत्र र टकस जिल्लाबीच १०० किमी भन्दा बढी रहेको छ। त्यहाँ सरदर उचाइ ३००० मिटर भन्दा बढी भएर पहाडबाट घेरिएको बन्द पठारभूमि पहाडी क्षेत्र हो। त्यहाँ जाँदा नदी पार गर्ने, चट्टानमा हिँड्ने र झोलुङ्गे पुल पार गर्नुपर्छ। बाटोको सबैभन्दा साँघुरो ५० सेमी चौडाई मात्रै छ।

 

 त्यहाँ ५८ वर्षीय चिकित्सक च्युमाटाइ अपेक “घोडामा चिकित्सक” मानिएको छ। सन् १९९२ च्युमाटाइले चिकित्सा विद्यालयबाट स्नातक गरेपछि पौट्राटन स्वास्थ्य केन्द्रमा काम गर्न थाल्नुभयो। हरेक हिउँद ऋतुमा वरिपरि करिब २००० पशुपालक परिवारले ३ लाखभन्दा बढी पशुधन  पठाएर त्यहाँ हिउँद बिताउनुपर्छ। त्यसबेला गस्ती गरेर पशुपालकका लागि चिकित्सा दिनु च्युमाटाइको महत्वपूर्ण काय बनेको छ। तर पशुपालकहरू फरक फरक ठाउँमा बस्छन्। सबैभन्दा नजिकैका पशुपालकको आवास पुग्न केही पहाड पार गर्नुपर्छ र सबैभन्दा टाढा पुग्न घोडा चढेर दुई दिनसम्म चाह्नुपर्छ। यद्यपि पहाडी क्षेत्रीय साँघुरा बाटोमा हिँड्न ज्यादै गाह्रो भए तापनि पशुपालक रोगबाट टाढा रहने आशा च्युमाटाइ हुनुहन्छ। 

केही वर्षयता सिन्च्याङको यातायात, शिक्षा र चिकित्सालगायत आधारभूत प्रबन्ध निकै सुधारिँदैछ। च्युमाटाइ काम गर्ने साना स्वास्थ्य केन्द्रको शर्त पनि झन् झन् राम्रो बन्दैछ।

 

“ पहिला स्वास्थ्य केन्द्रमा दुइटा कोठा मात्रै थिए। ज्वरोजस्ता सजिलै रोगको उपचार मात्र गर्न सकिन्थ्यो। हाल स्वास्थ्य केन्द्रमा करिब १०० वर्गमिटरको क्लिनिक, १०० वर्गमिटरभन्दा बढी परम्परागत चिकित्साको उपचार कोठा र दशवटा वार्डहरू पनि छन्। स्वास्थ्य केन्द्रमा कार्यरत् चिकित्सकको संख्य ८ जनाबाट १८ जना पुगेको छ। स्वास्थ्य केन्द्रमा विद्युत, ट्याप पानी र सञ्चार उपकरण सबै छन्।” हालको कार्य वातावरण हेरेर च्युमाटाइ अपेकले मनबाट खुशी लागेर चर्चा गर्नुभयो।

 

चिकित्सा कार्य गरेको ३० वर्षमा च्युमाटाइ अपेकले त्यति ठूलो उपलब्धि हासिल गर्नुभएन। उहाँले उपचार गर्ने अधिकाँश रोग पनि रुघाखोकी र पखाला जस्ता सामान्य समस्या हुने तर यस्तो सामान्य चिकित्सक स्थानीय पशुपालकको स्वास्थ्यको सुरक्षा गर्ने सबैभन्दा विश्वसनीय मान्छे हुनुहुन्छ।