आणविक पनडुब्बी जहाजबारे अवैध सहयोग गर्नखोज्ने अमेरिका, बेलायत र अस्ट्रेलिया फेरि असफल
2022-09-14 18:38:33cri
Share with:

अमेरिका, बेलायत र अस्ट्रेलिया तीन मुलुकबाट गठित सानो दलले आणविक पनडुब्बी जहाज सम्बन्धी अवैध सहयोगलाई वैधानिक गर्न खोजेपनि तिनीहरु फेरि असफल भएका छन्। सेप्टेम्बर १२ तारिख अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको बैठकको चौथो पटकको छलफलमा अलग र औपचारिक विषयको रुपमा अमेरिका, बेलायत र अस्ट्रेलियाका आणविक पनडुब्बी जहाज बीचको सहयोग सम्बन्धी मामिलाबारे छलफल गरिने निर्धारण गरेको छ। जसबाट यी तीन मुलुकका आणविक पनडुब्बी जहाज बीचको सहयोग तिनीहरु आफैंले निर्धारण गर्नुहुँदैन, बरु अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीका सदस्य मुलुकहरुले संयुक्त रुपमा संचालन गर्नुपर्छ।

अमेरिका, बेलायत र अस्ट्रेलियाले जसरी अरुलाई ठग्न खोजे तापनि एउटा आधारभूत वास्तविकता परिवर्तन गर्न सक्दैनन्, तीन मुलुकका आणविक पनडुब्बी जहाज बीचको सहयोग हतियार स्तरमा पुग्ने प्रशोधित युरेनियम र सम्बन्धित प्रविधि र उपकरणको हस्तान्तरणसँग सम्बन्धित छ, त्यसैले यस्तो सहयोगमा आणविक प्रसारको ठूलो जोखिम रहेको छ, जसले “आणविक हतियारको अप्रसार सन्धि”को उद्देश्य विपरीत गरेको कारण अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीका सदस्य मुलुकहरुले संयुक्त रुपमा निर्धारण गर्नुपर्ने आवश्यक्ता छ।

आणविक प्रसारको प्रतिरोधका लागि यी तीन मुलुकले विश्वलाई एउटा उत्तर दिनुपर्छ, तिनीहरुको षड्यन्त्र लुक्नु हुँदैन।