हान वंश-2
2022-09-14 09:30:01CRI
Share with:


    मुलुकको राजनीति र अर्थतन्त्र स्थिर भएका कारण त्यति बेला हस्तकला, व्यापार, कला र प्राकृतिक विज्ञानको क्षेत्रमा ठूलो विकास भएको थियो। यसका आधारमा धातु शोधन र बुनाइ प्रधानतामा रहेको पश्चिमी हानको हस्त-कलाको उत्पादन निकै बढेको थियो। परिणामस्वरुप व्यापार पनि निकै बढेको थियो। रेशम मार्गमार्फत पश्चिमी हान राज्यले पश्चिम एशियाका विभिन्न मुलुकहरुसँग कुटनितिक र व्यापारिक सम्बन्ध स्थापित गरेको थियो।


     
सन 25 देखि 220सम्म चीनमा पूर्वी हान वंशको अवधि थियो। पूर्वी हान वंशका प्रथम सम्राट ग्वाङ्ग वु सम्राट लिउ श्यु थिए।

     
सन 25मा लिउ श्युले ल्यु लिङ्ग सेनाको सहयोगमा वाङ्ग मन्लाई पराजित गरी फेरी त्यहाँको राज-सत्ता लिउ परिवारको हातमा पारेका थिए। पूर्वी हानको राजधानी लो याङ्गमा थियो। लिउ श्युले सत्तामा बसेको दोस्रो वर्षमा वाङ्ग मनले कार्यान्वित गरेका सबै पूराना नीतिमा सुधार गर्ने र प्रशासनिक व्यवस्थालाई व्यवस्थित पार्ने, जग्गाको हिसाबलाई स्पष्ट पार्ने आदेश दिए। यसो गरेर जनताको जीवन स्थिर भएको थियो। पहिलो शताद्बीको मध्यमा ग्वाङ्ग वु, मिङ्ग र चाङ्ग यो तीनजना सम्राटको शासनपछि पूर्वी हान वंश क्रमश: पहिलेको हान वंशजस्तै बलियो र समृद्ध भयो।
      

पूर्वी हान वंशको अघिल्लो अवधिमा, त्यस बेलाको सत्ता लगातार रुपमा सबल पारिनुका साथै स्थानीय शक्ति समूह बीचको मेलमिलाप पनि राम्रो भएका कारण मुलुकमा स्थिरता देखापरेको थियो। अर्थतन्त्र, सँस्कृति र विज्ञान तथा प्रविधि जस्ता क्षेत्रमा पूर्वी हानको स्तर पश्चिमी हानको तुलनामा झन् प्रगतिशील र उच्च थियो। सन् 105 मा छाई लुन नामका एकजना मानिसले कागज बनाउने प्रविधिको विकास गरेका थिए। कागज देखा परेपछि चीनमा अक्षर काठ वा बाँसमा लेख्ने चलन औपचारिक रुपमा छोडिएको थियो। अनि कागज बनाउने ज्ञान प्राचीन कालमा चीनका चारवटा आविष्कारमध्येका एक बनेको छ। प्राकृतिक विज्ञानको क्षेत्रमा चिनियाँ नामी विज्ञानवेत्ता चाङ्ग हनको नेतृत्वमा रहेका पूर्वी हान वंशका चिनियाँ विज्ञानवेत्ताहरुले उच्च स्तरीय सफलता प्राप्त गरेका थिए। श्री चाङ्ग हङ्गले भूकम्पको सर्भेक्षण गर्ने आदि यन्त्रको सिर्जना गरेका थिए। त्यस वेलाका प्रसिद्ध चिकित्सक व्हा थुओ चीनको इतिहासमा रेकर्ड भएदेखि यता वेहोश तुल्याउने प्रविधिमार्फत रोगीलाई अपरेशन गर्ने प्रथम चिकित्सक थिए।