चीनमा अध्ययनरत जोर्डनका युवा मोहम्मदको कथा
2022-09-16 09:19:54CRI
Share with:

जोर्डनका युवा मोहम्मद अबुहार्बले चीनमा अध्ययन गरेर जीवन बिताएको दश वर्ष भइसक्यो। जोर्डनको अम्मानबाट चीनको पैचिङ आएका मोहम्मद एक गरिब परिवारका छोराबाट हुर्केर कार्डियोभास्कुलर शल्य चिकित्साका पीएचडी बनेका छन्। चीनले उनलाई हुर्काएको, चीन आउनु उनको सबैभन्दा ठीक छनौट भएको कुरा उनले बताए।

 

विरामी हेर्न वार्ड जानु, रोगको मामिला, टिप्पणी लेख्नु, बाह्यरोग सेवा दिनु, शल्यक्रिया गर्नु मोहम्मदको दैनिक कार्य हुन्। पैचिङ नगरपालिकाको छाउयाङ क्षेत्रस्थित राजधानी चिकित्सा विश्वविद्यालयको मातहत पैचिङ आनचन अस्पतालमा प्रतिदिन मोहम्मद निकै व्यस्त हुन्छन्।

 

चालू वर्ष तीस वर्षीय मोहम्मद जोर्डनको राजधानी अम्मानमा जन्मे। सानो उमेरमा उनको शारीरिक अवस्था कमजोर थियो। उनले सधैं नै एकजना उत्कृष्ट चिकित्सक बन्ने सपना पालेका थिए। आफ्नो सपनाका लागि उनले पढ्नुका साथै जीविकोपार्जन गर्ने काम गरेका थिए। उच्च माध्यमिक विद्यालयबाट स्नातक हुँदा उनले अध्ययन गर्न चीन जाने मौका पाएका थिए। उनले नानछाङ विश्वविद्यालयमा चीन अध्ययनको बाटो थालेका थिए। अन्डरग्रेजुएटबाट स्नातक भएपछि मोहम्मदले तालेन चिकित्सा विश्वविद्यालयमा अध्ययन गरेका थिए र मास्टर डिग्री पाए। हाल उनी राजधानी चिकित्सा विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय विभागको कार्डियोभास्कुलर शल्य चिकित्साको दोस्रो वर्षका पीएचडी हुन्।

 

मोहम्मदकाअनुसार, चीनले उनलाई राम्रो मौका र वातावरण उपलब्ध गराएको छ। उनले पनि चीनका लागि केही योगदान गर्नसक्ने आशा लिएका छन्। सन् २०२०को शुरुमा कोरोना भाइरस महामारी वुहानमा देखा परेपछि मोहम्मदले साथीहरूसँग जोर्डनबाट सामग्री जुटाएर वुहान पठाएका थिए।  

 

चालू वर्षको अप्रिलको अन्त्यमा पैचिङमा कोरोना भाइरस महामारीपछि मोहम्मद न्यूक्लिक एसिड परीक्षणका लागि आफ्नो तर्फबाट योगदान गरे। उनी भन्छन् मैले चिनियाँहरूसँग यो कठिनाइको सामना गर्नुपर्छ। मेरो विचारमा यो मेरो दायित्व हो। चीनले मलाई हुर्काएको छ र धेरै मौका दिएको छ। मैले चीनका लागि केही योगदान गर्नुपर्छ।

 

चीनमा अध्ययन, काम र बसोबास गरेको दश वर्षमा मोहम्मद आधा चिनियाँ बने। उनी भन्छन् मेर धेरै साथी छन्। उनीहरूले हरेक चाडमा मलाई खाना खुवाउन र उनीहरूको घरमा बस्न निमन्त्रण गर्ने गर्छन्। चीन ठूलो छ र सुन्दर पनि छ। हरेक ठाउँको आफ्नो विशेषता, आफ्नो सँस्कृति, आफ्नो इतिहास, आफ्नो भाषा छ। म हुपै, हपै, चच्याङ, क्वाङचौ, शांगहाई, सछ्वान, कानसु गएँ। मलाई पैचिङ सबैभन्दा मनपर्छ। म पैचिङलाई माया गर्छु।

 

एक उत्कृष्ट चिकित्सक बन्न सजिलो कुरा होइन। तर मोहम्मदले सधैं नै आफ्नो सपनातर्फ लकम्न प्रयास गरिरहेका छन्। उनले चीनलाई आफ्नो दोस्रो ठूलो जन्मथलोको रुपमा अपनाए। भविष्यमा उनले चीनमा निरन्तर रुपमा अध्ययन गर्ने योजना बनाए। उनी भन्छन् म चीनलाई धन्यवाद दिन्छु। चीनले मेरो सपना साकार तुल्याएको छ। मैले चीनलाई नछोड्ने आशा लिएको छु। म आधा चिनियाँ हुँ। चीन मेरो दोस्रो जन्मथलो हो। मैले चीनमा विकास गर्ने, मुटुको शल्यक्रिया चिकित्सक बन्ने आशा लिएको छु