चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र पाकिस्तानी प्रधानमन्त्री शाबाज बीच भेटवार्ता
2022-09-16 14:48:57cri
Share with:

सेप्टम्बर १६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेट गर्नुभएको छ। भेटमा राष्ट्राध्यक्ष सीले चीन र पाकिस्तान मित्रवत् छिमेकी भएको र अन्तर्राष्ट्रिय परिस्थितिमा जे जस्तो परिवर्तन आए पनि चीन र पाकिस्तान एकअर्काका विश्वासयोग्य रणनीतिक साझेदार भएको औँल्याउनुभएको छ। चीनले दुई देशबीचको चौतर्फी रणनीतिक साझेदारीको विकासलाई प्रवर्द्धन गर्न र नयाँ युगमा साझा भविष्यका साथ निकट चीन-पाकिस्तान समुदायको निर्माणलाई गति दिन पाकिस्तानसँग मिलेर काम गर्न इच्छुक रहेको पनि बताउनुभएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले दुई पक्षले एकअर्कालाई दृढताका साथ निरन्तर समर्थन, विकास रणनीतिहरूको प्रतिबद्धतालाई गहन बनाउन र ठूला आयोजनाहरूको सहज निर्माण र सञ्चालन सुनिश्चित गर्न चीन-पाकिस्तान आर्थिक करिडोर संयुक्त समितिको भूमिकालाई पूर्ण रूपमा निभाउनुपर्ने कुरामा जोड दिनुभयो।

 

प्रधानमन्त्री शहबाजले भिषण बाढीबाट पीडित पाकिस्तानलाई समयमै बहुमूल्य सहयोग उपलब्ध गराएकोमा चीनलाई धन्यवाद दिनुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिनफिङको बलियो नेतृत्वमा चीनले ठूलो विकास उपलब्धि हासिल गरेको र क्षेत्रीय तथा विश्व शान्ति र विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो।

पाकिस्तानी पक्ष दृढताका साथ एक चीन नीतिको पालना गर्दछ, थाइवान, सिन्च्याङ र हङकङ जस्ता मुख्य हितहरूमा चीनको अडानलाई दृढताका साथ समर्थन गर्दछ र चीनको सार्वभौमसत्तालाई कमजोर पार्ने र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै पनि शक्तिहरूको प्रयासको दृढतापूर्वक विरोध गर्दछ।