(समाचार सन्दर्भ)साझा सहयोग र साझा हितबाट साझा विकास र साझा जीत
2022-09-16 11:24:14cri
Share with:

हालै चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली चानशुले नेपालको ४ दिने सद्भावना भ्रमण गर्नुभएको छ। यो भ्रमणले सन् २०१९  अक्टोबरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमणमा दुई देशका राष्ट्रानायक बीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गरेको छ। जसले द्विपक्षीय पारस्परिक राजनीतिक विश्वासलाई सुदृढ बनाएको छ, विभिन्न क्षेत्रको सहयोगलाई गहन पारेको छ र चीन-नेपालको आपसी सिकाइ र साझा वृद्धिलाई प्रवर्द्धन गरेको छ ।

चीन र नेपाल आपसी हितकर असल साझेदार र एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ हुन्। राष्ट्रपति भण्डारीले भेटमा चीन सधैँ नेपालको सबैभन्दा भरपर्दो असल मित्र र साझेदार रहेको बताउँदै आर्थिक तथा सामाजिक विकास, भूकम्पको उद्धार र कोभिड-१९ महामारीविरुद्धको लडाइँ आदि क्षेत्रमा चीनले नि:स्वार्थ सहयोग गरेकोमा चीनलाई धन्यवाद ज्ञापन गर्नुभयो। अध्यक्ष लीको भ्रमणले "बेल्ट एण्ड रोड" को उच्च गुणस्तरीय निर्माणलाई प्रवर्द्धन गरेको छ र धेरै क्षेत्रमा द्विपक्षीय सहयोगलाई घनिष्ट पारेको छ। सभामुख अग्निप्रसाद सापकोटासँगको वार्तामा दुई पक्षले द्विपक्षीय व्यापार, लगानी, अन्तरसम्बन्ध, नेपाली विद्यार्थीको थप अध्ययन, हवाई उडान सञ्चालन, सीमा बन्दरगाह तथा नाका खुला लगायतका आपसी अभिरूचि विषयबारे छलफल गरेर ६ वटा सहमति प्राप्त गरेका छन्। यी व्यावहारिक सहयोगको कार्यान्वयनबाट अझ घनिष्ट रूपमा संयुक्त भाग्य समुदायको निर्माणलाई अगाडि बढाएर दुई जनतालाई फाइदा पुर्याइने छ।

चीन र नेपाल पारस्परिक सम्मान र पारस्परिक विश्वासका असल मित्रहरू हुन्। छोटो चार दिन भ्रमणमा अध्यक्ष लीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्र मन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आदि मुख्य राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्नुभयो। अध्यक्ष ली चान्शुले चीनले सधैँ नै नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकताको रुपमा राखेको, दुई पक्षले केन्द्रीय हित र साझा अभिरुचिका समस्यामा एक अर्कालाई समझदारी गर्ने, समर्थन दिने, बुहपक्षीयतावादलाई संयुक्त रुपमा कायम राख्ने कुरा बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन अगाडि चिनियाँ उच्च नेताको महत्वपूर्ण विदेश भ्रमण गतिविधिबाट चीनले नेपाललाई महत्व दिएको देखाइएको छ। यस भ्रमणले दुई मुलुकका उच्चस्तरिय आदानप्रदान गर्ने प्रवृत्तिलाई कायम राखेर नेपाल चीन मैत्रीपूर्ण राजनैतिक आपसी विश्वासलाई पनि सबल पारिएको छ।

नेपाल चीन एक अर्कोबाट सिक्ने मैत्रीपूर्ण छिमेकी हुन्। भ्रमणको एजेन्डा व्यस्त भए तापनि ली चान शुले सेप्टेम्बर १४ तारिख बिहान भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण परियोजनाको अवलोकन गरेर नेपाली परम्परागत वास्तुकला र नृत्यकलाबाट आनन्द लिनुभएको छ। उहाँको अनुसार, ऐतिहासिक अर्थ रहेको नेपाली भैरव प्याखँ नाच चीनको संस्कृति जस्तै रहेको छ। उहाँको यस भ्रमणमार्फत चीन नेपालको सांस्कृतिक आदानप्रदानलाई अघि बढाएर दुई मुलुकले एक अर्कोबाट सिक्ने मौका पनि रहेको छ।

चीन र नेपाल नदी र पहाडबाट जोडिएकोले एक अर्कामा निर्भर रहेका छन्। हामी दुई मुलुकले मैत्रीपूर्ण परम्पराको बिँडो थामेर निरन्तर रूपमा आदानप्रदान र सहयोगलाई विस्तृत पार्दै हिमालय पारको मित्रतालाई नयाँ उचाइमा पुर्याउने छौँ। हामी एक आपसलाई सहयोग गर्दै साझा जीत हासिल गर्न सँगसँगै सुन्दर भविष्यको स्वागत गरौँ।