चीनको आर्थिक वृद्धि “अनुमानभन्दा राम्रो” विश्वका लागि एउटा राम्रो खबर
2022-09-17 19:13:36cri
Share with:

“गाडी किन्न आएका मानिसहरु धेरै छन्।” पैचिङको एउटा गाडी बिक्रेता पसलका कर्मचारीले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै उक्त कुरा बताए। उनका अनुसार, “गाडी किन्नका लागि तिर्नुपर्ने कर आधा घट्ने नीतिका साथै मध्य शरद पर्वको छुट्टीमा हिजोआज हरेक दिन दश वटाभन्दा बढी गाडी बेच्न सकिन्छ।”

 

चीनमा गाडी बेच्ने बजारमा निरन्तर रुपमा सुधार भएको कुरा चीनको आर्थिक वृद्धि भएको एउटा प्रतिबिम्ब हो। चीनको राष्ट्रिय तथ्यांक विभागद्वारा सेप्टेम्बर १६ तारिख सार्वजनिक तथ्यांक अनुसार, गत अगष्ट महिनामा चीनको अर्थतन्त्र निरन्तर रुपमा वृद्धि भएको छ। तीमध्ये गाडीहरुको उत्पादन मात्रा ३९ प्रतिशतले बढेको छ।

 

विदेशी माध्यमहरुले “अनुमानभन्दा राम्रो” मार्फत अगष्ट महिनामा चीनको आर्थिक प्रदर्शनको बयान गरेका छन्। वर्तमान विश्वको परिस्थिति उथलपुथल रहेकोले आर्थिक पुन: उत्थानका लागि लामो समय लाग्छ। यस्तै पृष्ठभूमिमा चीनले आकर्षक उपलब्धिमार्फत् स्वदेशको आर्थिक विकासलाई अघि बढाउनुका साथै विश्वको विश्वासलाई बढाएको छ। चीनको राष्ट्रिय तथ्यांक विभागद्वारा सार्वजनिक प्रतिवेदन अनुसार, सन् २०१३ देखि २०२१ सम्म विश्वको आर्थिक वृद्धिका लागि चीनको योगदानको औसत दर ३० प्रतिशत रहेको छ, जुन विश्वको पहिलो स्थानमा रहेको छ।

 

अहिले चीनको रोजगारी स्थिति स्थिर रहेको छ। महामारीको सही प्रतिरोध तथा उपभोगलाई अघि बढाइने नीतिबाट चिनियाँहरुको उपभोग मात्रा क्रमश: बढ्न सक्नेछ। एक महिनापछि पाँचौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना हुने भएको छ, त्यस बेलामा विश्वलाई चिनियाँ बजार उपभोग गर्ने अवसर प्रदान गरिनेछ।