संयुक्त राष्ट्र संघद्वारा मझौला र कम आय भएका मुलुकलक्षित अन्तर्राष्ट्रिय शैक्षिक ऋणको सुरूवात
2022-09-18 16:58:19cri
Share with:

संयुक्त राष्ट्र संघले १७ तारिख मझौला र कम आम्दानी भएका मुलुक लक्षित अन्तर्राष्ट्रिय शैक्षिक ऋण संसाधन आरम्भ गरेको छ। त्यसको उद्देश्य ती मुलुकका किशोर किशोरी र बाल बालिकालाई शैक्षिक कोष प्रदान गर्नु रहेको छ।

 

संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले १७ तारिख संयुक्त राष्ट्र संघका वैश्विक विशेषदुत एवम् बेलायती पूर्व प्रधानमन्त्री गोर्डन ब्राणसँग न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिनुभएको हो। त्यस सम्मेलनमा ब्राणले महासचिव गुटेरेसलाई अन्तर्राष्ट्रिय शैक्षिक ऋण दिने साधनको स्थापना कार्यसुचीको हस्तान्तरण गरेका छन्। 

 

प्राप्त जानकारी अनुसार, अन्तर्राष्ट्रिय शैक्षिक ऋण दिने साधनमा प्रत्यक्ष चन्दा दिने र अप्रत्यक्ष ऋण दिने ती दुई किसिमका उपायको प्रयोग गरिन्छ। पहिलो चरणको योजनालाई सन् २०२३ मा व्यवहारमा उतारिने अनुमान छ।