विद्युतीय सवारी साधनको प्रदर्शनी हुने
2022-09-18 16:59:49cri
Share with:

आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडीसम्बन्धी प्रदर्शनी हुने भएको छ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा समावेश हुने जनाइएको छ।

 

काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने सो प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरण सहयोगी संस्थाका रूपमा सहभागी रहने भएको छ।

 

विद्युतीय सवारीसाधनको महत्त्व दिनप्रतिदिन बढ्दै गएको र यस्ता सवारीसाधनको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत प्रदर्शनीले सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। मेलामा ५१ वटा स्टल र ब्लक रहने गोरखापत्र अनलाइनले जनाएको छ।