चीनको अर्थतन्त्रको पुनरुत्थान र विकास जारी
2022-09-19 15:34:00CRI
Share with:

समग्रमा चीनको अर्थतन्त्रको सुधार र विकासको प्रक्रिया जारी रहेको मुख्य आर्थिक सूचकहरूबाट देखाइएको छ। चीन राष्ट्रिय विकास तथा सुधार आयोगले सेप्टेम्बर १९मा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।

सर्वप्रथम, प्रभावकारी लगानीको निरन्तर विस्तार भएको छ। नीतिगत विकास वित्तीय उपकरणहरूको पहिलो ब्याचको ३ खरब युआन रकम बराबरको सबै उपकरणहरू वितरण गरिसकेको छ। चालू वर्षको अघिल्ला ८ महिनामा, स्थिर सम्पत्तिमा लगाइएको लगानी गत वर्षको सोही अवधिको तुलनामा ५.८% ले बढेको छ। तीमध्ये, निर्माण र पूर्वाधारमा लगाइएको लगानी बेग्लाबेग्लै रूपमा १०% र ८.३%ले वृद्धि भएका छन्।

दोस्रो, बजारको निहित शक्ति क्रमिक रूपमा बाहिरिएको छ। बासिन्दाको उपभोग स्थिर रूपमा पुनर्स्थापना भएको छ र चालू वर्षको अघिल्ला ८ महिनामा उपभोग्य वस्तुहरूको कुल खुद्रा विक्रीमा संलग्न कूल रकम नकारात्मकबाट सकारात्मकमा परिणत भई शुन्यबाट माथि उठेको छ। ती मध्ये, अगस्टमा अटोमोबाइलको विक्री संख्या २३.८ लाख पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.१% ले वृद्धि भएको छ।

तेस्रो, औद्योगिक उत्पादनको पुनर्स्थापना क्रम जारी छ। उपकरण निर्माण उद्योग र नयाँ ऊर्जा सवारी साधन, मोबाइल संचार आधार स्टेशन सम्बन्धि उपकरण, सौर्य प्यानल र ब्याट्रीको उत्पादन द्रुत गतिले बढेको छ।

यसका अतिरिक्त, अगस्टमा रोजगारी तथा उपभोग्य वस्तुको मूल्य स्थिर रहेको छ।