कार्ल मार्क्सको शालिक जर्मनीको पश्चिमी शहरमा अनावरण
2022-09-19 15:02:01CRI
Share with:

जर्मनी कार्ल मार्क्सको जन्मस्थल र कम्युनिजमको उद्गम स्थल हो। अगष्ट २७ तारिख जर्मनीको मार्क्स-लेनिनवादी पार्टीले त्यसको स्थापना भएको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा गेलसेनकिरचेन शहरमा मार्क्सको एउटा शालिकको अनावरण गरेको छ। मार्क्सको शालिक बनाउने उद्देश्यबारे चर्चा गर्दै मार्क्स-लेनिनवादी पार्टीका जिम्मेवार व्यक्तिले मार्क्सका धेरै सिद्धान्तहरु कहिल्यै पनि पूरानो नहुने र त्यसले वर्तमान विश्वको सामू देखा परेका समस्याहरुको समाधानका लागि निर्देशन दिनसक्ने विचार व्यक्त गर्नुभएको छ। 

गेलसेनकिरचेन जर्मनीको पश्चिमी भागमा अवस्थित छ। त्यो पहिले युरोपमा कोइला उत्पादन क्षेत्र थियो र जर्मनीको मार्क्स-लेनिनवादी पार्टीको मुख्यालय हो। मार्क्स-लेनिनवादी पार्टीको स्थापना भएको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा मेला, प्रदर्शन लगायत विविध कार्यक्रमहरुबाहेक, सबै‍भन्दा महत्वपूर्ण कार्यक्रम २.११ मिटर उचाइको मार्क्सको शालिकको अनावरण समारोह हो। 

मार्क्स-लेनिनवादी पार्टीकी अध्यक्ष गाबी फेचटनरले वर्तमान विश्व अनिश्चित कारकतत्वद्वारा भरिएको कारण मार्क्सको शालिकको अनावरण सही समयमा रहेको बताउनुहुन्छ,

अहिलेसम्म मार्क्स पूंजीवाद व्यवस्थाका सबैभन्दा महान आलोचक हुनुभयो। हाल हामीले क्षेत्रीय युद्ध लगायत गम्भिर चुनौतीको सामना गरिरहेका छौँ। हरेक व्यक्तिले विश्व वातावरण संकटको अनुभव गर्नसक्छ। मार्क्सले पूंजीवादको आलोचना गर्ने आधारमा हामीलाई स्पष्ट बाटो देखाउनुभयो। उहाँले हामीलाई शोषण र दमनको कसरी प्रतिरोध गर्ने र समाजवादका लागि कोसिस गर्ने सिकाउनुभयो। त्यसैले उहाँको विचार वर्तमान स्थितिसँग अनुकूल रहेको छ। हामीले उहाँको सम्मानका लागि यो शालिक बनाएका छौँ। 

मार्क्सको मूर्ति निर्माण गरेका कलाकार राइनर गुन्टरले प्रेरक शक्तिले भरिएको र कम्युनिष्टवाद प्रचार प्रसार गर्ने मार्क्सले हातमा दास क्यापिटल उठाएर दृढ अडानमार्फत मानिसहरुलाई गतिविधि चाल्न र कदम उठाउन आह्वान गरिरहेको उद्देश्य लिएर सो मूर्ति तयार पारेको जानकारी दिनुहुन्छ,

वर्तमान विश्वका लागि मार्क्स पनि एक जना अर्थपूर्ण व्यक्ति हुनुहुन्छ। किनभने उहाँले दिएका धेरै जवाफहरु वर्तमान विश्वको संकटको समाधानका लागि उपयोगी छन्। त्यसैले मेरो मूर्ति एकातिर दीर्घकालीन अवधिसम्म सबैको मनमा रहेको मार्क्सको छविसँग अनुकूल छ, अर्कातिर उहाँ लगाउने पोशाक र उहाँको अनुहारमार्फत उहाँले प्रेरित गरिरहेको अभिव्यक्त गरेको छ। मार्क्स दार्शनिक हुनुका साथै एक वक्ता पनि हुनुहुन्थ्यो। यस मूर्तिबाट अरु बढी मानिसहरुले मार्क्सलाई अझ बढी ध्यान दिनसक्ने मैले आशा राखेको छु। 

मार्क्स-लेनिनवादी पार्टीकी अध्यक्ष गाबी फेचटनर मार्क्सको प्रसिद्ध भनाइलाई उद्धृत गर्दै दार्शनिकहरुले विभिन्न तरिकामार्फत संसारको व्याख्या गर्छन्, यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा संसारको परिवर्तन गर्नु हो भन्नुहुन्छ,

मार्क्सको शालिकबाट हामीले एउटा संकेत चुहाउन चाहेका छौँ, जुन मार्क्सबारे अरु बढी छलफल गर्नुपर्छ र उहाँको ग्रन्थ पढ्नुपर्छ। किनभने उहाँको सिद्धान्त कहिल्यै पूरानो हुने छैन। विशेष गरी युवा पुस्ताले उहाँको सिद्धान्त व्यवहारमा ल्याएर वर्तमान युग र अहिलेको समस्याको समाधानका लागि राम्रोसँग प्रयोग गर्नुपर्छ। मार्क्सबारे यो हाम्रो बुझाइ हो र हामीले सोही बमोजिम काम गरिरहेका छौँ। 

सन् १९८२ को जुन महिनामा जर्मनीको मार्क्स-लेनिनवादी पार्टीको स्थापना भएको थियो। अहिले सो पार्टीमा मजदूर र सामान्य कामदार सदस्यहरुको संख्या ७२ प्रतिशत रहेको छ।