शरद ऋतुको बाली भित्र्याउने साथै रोपणमा व्यस्त
2022-09-19 15:05:00CRI
Share with:

हाल शरद ऋतुको बाली भित्र्याउने समय हो। चीनका विभिन्न क्षेत्रका किसानहरू बाली भित्र्याउने क्रममा काट्न तथा सुकाउँन व्यस्त छन्।

त्यसैगरी, केही बालीका लागि यो शरद ऋतु रोप्ने समय पनि हो।

हेर्नुहोस्, क्वीचौ प्रान्तीय छ्याननान पुयी तथा म्याउ जातीय प्रिफेक्चरका मानिसहरू सर्स्यूँको बीउ रोप्दै छन्। हुनान प्रान्तीय स्याङसी थुच्यान तथा म्याउ जातीय प्रिफेक्चरका गाउँलेहरू स्ट्रबेरीको बिरुवा रोप्दैछन्। 

अर्को बम्पर बाली भित्र्याउन धेरै समय लाग्ने छैन।