चिनियाँ गाँउबस्तीमा आधुनिक कृषि
2022-09-19 15:28:19CRI
Share with:

बितेका वर्षहरूमा चीनको उत्तरी भागमा अवस्थित हैलोङ्च्याङ प्रान्तीय छीछीहाअर शहरको सिङ्शीश गाउँबस्तीमा प्रान्त स्तरीय आधुनिक कृषि नमूना क्षेत्र खडा गरिएको छ। कूल १६०० हेक्टर क्षेत्रफल भएको सो नमूना क्षेत्रको मुख्य भाग २६७ हेक्टर छ। यसमा १,३३१ वटा ग्रीनहाउस छन् जसबाट वार्षिक उत्पादनमा संलग्न रकम ४.५२ करोड युआन पुगेको छ। वरिपरिका शहरका १३० जनाभन्दा बढी किसानहरू ग्रीनहाउसलाई भाडामा लिएर व्यावसायिक बालीको खेती तथा कारोबारतर्फ आकर्षित भएका छन्। साथै सोही क्षेत्रका ३०० भन्दा बढी किसानहरूलाई हरितगृह उद्योगमा संलग्न गराउन प्रेरित पनि गरेको छ।