ल्याटिन अमेरिकी आप्रवासीको त्रासदी पछाडिको अमेरिकी दुःस्वप्न
2022-09-20 16:39:47cri
Share with:


अमेरिकी फक्स न्युजको समाचार अनुसार, सन् २०२१ को अक्टोबर १ तारिखदेखि ७८२ जना आप्रवासी अमेरिका-मेक्सिको सीमा क्षेत्र पार गर्दा मरेका छन्। मृतकको संख्या ऐतिहासिक उचाइमा पुगेको छ र तीमध्ये यही सेम्टेम्बरमा मात्र ३० जना आप्रवासी मृत्यु भएको छ। यसअघि अन्तर्राष्ट्रिय आप्रवासी संगठनले अमेरिका-मेक्सिको सीमालाई विश्वमा सबैभन्दा घातक आप्रवासी मार्गका रूपमा राखेको थियो।

वास्तवमा ल्याटिन अमेरिकी आप्रवासी समस्या नै धेरै वर्षयता अमेरिकाको मोनरो सिद्धान्तको आधारमा ल्याटिन अमेरिका आन्तरिक मामिलामा हस्तक्षेप गरेको नतिजा हो। मेक्सिकोका राष्ट्रपति आन्ड्रेस मानुएल लोपेज ओब्राडोरले उल्लेख गर्नुभएको थियो कि गरिबी र बेरोजगारको कारण आप्रवासीले घर छोडेर गएका हुन्। यदि आप्रवासी अमेरिका प्रवेश नगर्ने सोचेमा अमेरिकाले मध्य अमेरिका मुलुकको आर्थिक विकासलाई सहयोग गर्नुपर्छ त्यसबारे अमेरिकाले भनिरहेको छ तर कुनै ठोस काम गरेको छैन। गत मे महिना राष्ट्रपति लोपेजले चार वर्षसम्मको वार्तामा अमेरिकाले कुनै पनि मध्य अमेरिका मुलुकको विकासलाई रकम प्रदान नगरेको आलोचना गर्नुभयो।

आप्रवासीको त्रासदी र अमेरिकाको भ्रमित अध्यागमन नीतिबीच प्रत्यक्ष सम्बन्ध रहेको छ। ट्रम्प सरकार अवधिमा कडा अध्यागमन नीति चलाएर अमेरिका-मेक्सिको सीमामा पर्खाल लगाइएको थियो। वर्तमान अमेरिकी राष्ट्रपति बाइडेनले अध्यागमन अध्यादेशको चौतर्फी रूपमा सुधार गर्ने वचन गर्नुभएको थियो तर हालसम्म कुनै पनि प्रभावकारी कदम चालिएको छैन। गत डिसेम्बरमा ट्रम्प सरकार अवधिमा निकालिएको स्टे इन मेक्सिको नीति फेरि सुरू भएको छ भने मध्य अमेरिकी आप्रवासीलाई मेक्सिकोमा निर्वासन गरिएको छ र अमेरिका-मेक्सिको अध्यागमन समस्या झनै खराब भएको छ। अमेरिकी विदेश विभागका पूर्व वरिष्ठ सल्लाहकार क्रिस ओमारा भिगनाराजाहले अमेरिकी गलत अध्यागमन नीतिले त्रासदीको धेरैजसो जिम्मा लिनुपर्ने उल्लेख गर्नुभयो। यसबाहेक राजनीतिक ध्रुवीकरण भएको अवस्थामा अध्यागमन समस्या दुई दलबीच खेलको राजनीतिक उपकरण बनेको छ। ल्याटिन अमेरिका आप्रवासीको लागि अमेरिका सपना वास्तवमा अमेरिका दुःस्वप्न मात्र हो।