वाङ यीद्वारा अमेरिकाप्रति चिनियाँ नीतिको निश्चितताबारे व्याख्या
2022-09-20 18:46:28cri
Share with:

स्थानीय समयअनुसार सेप्टेम्बर १९ तारिखका दिन चिनियाँ राज्य परिषद्का सदस्य एवम्  परराष्ट्र मन्त्री वाङ यीले अमेरिका-चीन सम्बन्ध राष्ट्रिय समिति, अमेरिका-चीन व्यापार परिषद् र अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग न्युयोर्कमा छलफल गर्नुभएको छ।

चीन-अमेरिका सम्बन्धको वर्तमान सम्भावनाहरूमा कम निश्चितता र अधिक अनिश्चितताको प्रतिक्रियामा वाङ यीले चीनको पाँच "निश्चितता"को व्याख्या गर्नुभयो। वाङ यीले भन्नुभयो,“चीनको आफ्नै विकासको सम्भावना निश्चित छ। सुधार र खुलापनप्रति चीनको दृढ संकल्प निश्चित छ। अमेरिकाप्रति चीनको नीति निश्चित छ। दुई देशबीचको आर्थिक तथा व्यापारिक सहयोगलाई निरन्तरता दिने चीनको दृष्टिकोण निश्चित छ र चीन र अमेरिकाले बहुपक्षीय समन्वय गर्ने इच्छा निश्चित छ।”

वाङ यीले चीन-अमेरिका सम्बन्धको राजनीतिक आधार विशेष गरी एक चीन सिद्धान्तलाई राम्रोसँग कायम राख्नुपर्ने बताउनुभयो।