विश्व सुरक्षा पहलको कार्यन्वयनः मानव अधिकार परिरषदमा चिनियाँ प्रतिनिधिको आह्वान
2022-09-20 11:21:31CRI
Share with:

चिनियाँ प्रतिनिधिले १९ तारिख राष्ट्र संघीय मानवअधिकार परिषदको ५१औँ बैठक एवम् लोकतन्त्र तथा निष्पक्ष अन्तर्राष्ट्रिय व्यवस्था सम्बन्धमा स्वतन्त्र विशेषज्ञको संवादमा सम्बोधन गर्दै विभिन्न पक्षसँग विश्व सुरक्षा पहलको कार्यन्वयन गरेर साँच्चिकै बहुपक्षीयताको अभ्यास गर्न आह्वान गरेका छन्। 

चिनियाँ प्रतिनिधिको विचारमा बहुपक्षीयता वर्तमान अन्तर्राष्ट्रिय प्रणाली र व्यवस्थाको केन्द्रीय विचार हो र शान्तिको संरक्षण तथा विकासको प्रवर्द्धन गर्ने प्रभावकारी मार्ग हो। अन्तर्राष्ट्रिय जगतले साँच्चिकै बहुपक्षीयताको सुरक्षा तथा अभ्यास गर्नुका साथै प्रभूत्ववाद तथा गुट-राजनीति र एकपक्षीय प्रतिबन्ध तथा "लामो हात क्षेत्राधिकार" को साझा विरोध गर्नुपर्छ। 

चीनले विश्व सुरक्षा पहल प्रस्तुत गरेर विश्व सुरक्षा कठिनाइको सामना गर्न मार्ग र उपाय प्रस्तुत गरेको छ। विभिन्न मुलुकले वार्ताबाट द्वन्द्वलाई, परामार्शबाट जबरजस्तीलाई, साझेदारीबाट गठबन्धनलाई र साझा जीतबाट शून्य योगफललाई बदल्नुका साथै सुरक्षाको अविच्छिन्नता सिद्धान्तलाई व्यवहारमा उतारेर आपसी वैध सुरक्षा सरोकारको कदर गरेर संतुष्टि, प्रभावकारी तथा दिगो विकास सुरक्षा प्रणालीको निर्माण गर्नुपर्छ। चीनले विभिन्न देशहरूसँगै शान्ति, विकास, निष्पक्ष, न्याय, प्रजातन्त्र तथा स्वतन्त्रता लगायत पूरै मानवजातिको साझा मूल्यको पालना गरी साँच्चिकै बहुपक्षीयताको अभ्यास गर्नुका साथै विश्व सुरक्षा पहलको कार्यन्वयन गरी मानव भाग्य समुदायको निर्माणलाई अगाडि बढाउने इच्छा राखेको चिनियाँ प्रतिनिधिले बताए।