वै, चिन, दक्षिण-उत्तर वंश-1
2022-09-21 10:36:39CRI
Share with:

वै  चिन युगको अवधि भनेको सन् 220 देखि 589 सम्मको अवधि हो। दोस्रो शताव्दीको अन्त्यमा पूर्व हान वंशको शासन अति कमजोर हुदैगएकाले चीनको इतिहास एउटा अर्कै युगमा प्रवेश भएको थियो। सर्वप्रथम वैशु   यी तीनवटा राज्य एउटै समयमा अस्तित्वमा थिए। यस्तो अवस्थामा सि चिङ अर्थात पश्चिमी चिन वंशका सम्राटले ती तीनैवटा राज्यलाई जितेर तीनलाई सि चिङमा मिलाए। तर सो सि चिङ राज्य छोटै समयपछि फेरि टुक्रियो। पश्चिमी चिन वंशका सम्राटका नातेदारहरुले यांत्से नदीको दक्षिणी भागमा पूर्वी चिन राज्यको स्थापना गरे। तर त्यति नै बेला यांत्से नदीको उत्तरी भागका विभिन्न जातिहरु बीच भिडन्तको अवस्थामा देखापर्‍यो। यस कारण त्यस उत्तरी भागमा धेरै साना-साना राज्यहरु देखा परे। ती राज्यहरुलाई सोह्रवटा मुलुक भनिन्थ्यो। 


 यस अवधिमा दक्षिणी भागको अर्थतन्त्र तुलनात्मक रुपमा विकसित भैरहेको देखिन्थ्यो। पश्मिची  उत्तरी भागमा बसोबास गरिरहेका विभिन्न अल्पसंख्यक जातिहरु निरन्तर रुपमा त्यस बेलाको भित्री भागमा आवत-जावत गरिरहन्थे। यसले गर्दा विभिन्न जातिहरु बीचको आदान-प्रदान  मेलमिलाप हुदैगएको थियो। धार्मिक-साँस्कृतिक क्षेत्रमा स्युएन शास्त्रवौद्ध धर्म  ताऊ धर्म पनि प्रचलित थिए। तर शासकहरु सामान्य रुपमा वौद्ध धर्मका संरक्षकजस्ता देखिन्थे। कलाका क्षेत्रमा “चेन आन” भन्ने सातजना व्यक्तिथाऊ युआन मिंगको कवितावांग सी चको लीपीकु खाइका चित्रकला  तुंग ह्वांग मो काऊ गुफाका कलाहरु सबै नै प्राचीन चीनका अमूल्य कलाहरु हुन्। 
 
विज्ञान तथा प्रविधिका क्षेत्रमा श्री चु छोंग चले विश्वमा पहिलो पटक परिधिको ब्यासलाई दशम्लबभन्दा तलका सातवटा अंकसम्म गणना गर्नुभएको थियो। श्री च्या  सेको “छि मिन याऊ शु” भन्ने ग्रन्थ पनि विश्वको कृषि इतिहासको महान ग्रन्थ हो। 

दक्षिण-उत्तर वंश दक्षिण  उत्तरका वंशको संयुक्त नाम हो। उत्तर वंशताका उत्तरी वै पूर्वी वै  पश्चिमी वैमा विभाजित थियो। त्यसपछि उत्तरी छिले पूर्वी वैलाई जित्यो  उत्तरी चौले पश्चिमी वैलाई जित्नुका साथै उत्तरी छिलाई पनि जित्यो। यसरी उत्तरी छिपूर्वी वै  पश्चिमी वैको अस्तित्व उत्तरी चौमा बिलिन भयो। दक्षिण वंशताका अघिपछि गरी सोंगछिल्यांग  छन राज्यहरु अस्तित्वमा रहेका थिए।