पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एकस्पोका लागि मिडिया दर्ता खुला
2022-09-21 10:07:21CRI
Share with:

पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एकस्पो आगामी नोभेम्बर ५ तारिखदेखि १० सम्म शाङहाइमा आयोजना हुने छ। त्यसका लागि मिडिया दर्ता सेप्टम्बर २१ तारिखदेखि अक्टोबर १० सम्म गर्न सकिने छ। 

सम्वाददाताहरूले एकस्पोको वेवसाइट (www.ciie.org) तथा मोबाइलफोनलगायतका आधिकारिक प्लेटफर्मबाट दर्ता गर्न सक्छन्। 

महामारीको नियन्त्रण र रोकथामकालागि एकस्पोले मुख्यतः चिनियाँ सम्वाददाता र चीनको मुख्य भूमिमा रहेका विदेशी सम्वाददाता, हंङकंङ तथा मकाउका मिडिया र थाइवानका मिडियाका सम्वाददाताहरूलाई आमन्त्रण गरिएको छ। 

प्रमाणपत्र पाउने समय र तरिका माथिको दर्ता प्लेटफर्ममा जानकारी दिइने छ।