छ्यौ फनमा शरदको सौन्दर्य
2022-09-21 15:44:01CRI
Share with:

छ्यौ फन अर्थात् शरद इक्विनोक्स, चिनियाँ परम्परागत चौबीस सौर्य बिन्दुहरू मध्येको सोह्रौँ बिन्दु हो। "फन" को अर्थ "समान विभाजन" र "आधा" हो। दिन र रातको समान विभाजनको सन्दर्भमा, यसको अर्थ शरद ऋतुको समान विभाजन पनि हो। शरद इक्वीनोक्सपछि, उत्तरी गोलार्धमा दिन छोटो र रात लामो हुन्छ, दिन र रात बीचको तापक्रमको भिन्नता पनि बढ्दै जान्छ र तापक्रम घट्दै जान्छ। यो अवधिलाई नै वर्षको सबैभन्दा सुन्दर समय मानिन्छ र विभिन्न प्रकारका फूलहरू पनि प्रसन्न रूपमा फुलिरहेका हुन्छन्।