अन्तरिक्ष सपनाको उत्तरार्ध
2022-09-22 10:20:06CRI
Share with:

चाइना मिडिया ग्रूपको एसिया तथा अफ्रिका केन्द्रले चीन विज्ञान प्रविधि सङ्ग्रहालयसँग मिलेर संयुक्त रूपमा पैचिङमा चिनियाँ र विदेशी किशोर किशोरीको चित्रकला कृति "अन्तरिक्षको सपना चित्रण" पुरस्कार वितरण समारोह एवम् "अन्तरिक्ष सम्बन्धि प्रश्न" भन्ने अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ।

अन्तरिक्षमा प्रवेश गरेका चीनको पहिलो अन्तरिक्षयात्री, चीनको मानव अन्तरिक्ष परियोजनाका उप-चीफ डिजाइनर याङ लिवैले पुरस्कार वितरण समारोहमा भाग लिनुभई चिनियाँ र विदेशी नेटिजनहरूका प्रश्नहरूको जवाफ दिनुभयो। साथै उहाँले विद्यार्थीहरूसँग विशाल ब्रह्माण्डको रहस्यबारे पनि छलफल गर्नुभयो।