ग्रामीण क्षेत्र अझ धनी, सुखी र अझ सुन्दर ग्रामीण इलाकाको अनुभूतिलाई बढावा दिन सी चिनफिङको जोड
2022-09-22 17:19:36cri
Share with:

पाँचौँ "चिनियाँ किसान बाली पर्व"का अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पार्टी केन्द्रीय समितिको तर्फबाट "कृषि, ग्रामीण क्षेत्र र किसान" सम्बन्धी काम गर्ने ठूलो संख्यामा किसान र कामरेडहरूलाई बिदाको शुभकामना र हार्दिक सान्त्वना व्यक्त गर्नुभएको छ।

 सी चिन फिङले यस वर्ष पनि गत वर्षको उत्तरी क्षेत्रमा दुर्लभ शरद ऋतुको वर्षा र शरद ऋतुको बाढी, ठूला क्षेत्रमा हिउँदको ढिलो गहुँ खेती, नयाँ कोरोना भाइरस महामारीको स्थानीय प्रकोप र त्यसको प्रभावलाई पार गरेको उल्लेख गर्नुभयो। उहाँले ग्रीष्मकालीन अन्नबाली र प्रारम्भिक धानको उत्पादन बढेको र अन्न उत्पादनमा अर्को बम्पर फसल हुने अपेक्षा गरिएको पनि औँल्याउनुभएको छ।

 सी चिनफिङले सबै तहका पार्टी समिति र सरकारहरूले पार्टी केन्द्रीय समितिको ‘कृषि, ग्रामीण क्षेत्र र किसान’ कार्यसम्बन्धी प्रमुख नीति र निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न, खाद्य सुरक्षालाई सुदृढ बनाउन, कृषिका आधारभूत कुराहरूलाई स्थिर बनाउन, गरिबी उन्मूलनमा हासिल गरिएको उपलब्धिहरूलाई सुदृढ र विस्तार गर्न जोड दिनुभयो। उहाँले ग्रामीण पुनरुत्थानलाई ठोस रूपमा प्रवर्द्धन गर्ने, अझ समृद्ध ग्रामीण क्षेत्र, सुखी जीवन र अझ सुन्दर ग्रामीण क्षेत्रको अनुभूतिलाई बढावा दिने बताउनभुयो।