शरद इक्विनोक्समा किसानहरू खेतीमा व्यस्त
2022-09-23 11:24:45CRI
Share with:

चिनियाँ परम्परागत चौबीस सौर्य बिन्दुहरू मध्येको छ्यौ फन अर्थात् शरद इक्विनोक्स चालू वर्षको सेप्टेम्बर २३ तारिखमा पर्दछ। यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जान्छ। मौसम चिसो बन्दै गएसँगै चिनियाँ कृषकहरू अन्नबाली भित्र्याउन व्यस्त छन्। 

यस अवधिमा उत्तरी चीनमा हिउँदे गहुँ रोपिन्छ भने याङ्सी नदी वरपर र अधिकाँश दक्षिणी भागमा किसानहरू धान भित्र्याउने काममा व्यस्त हुन्छन्। घाम लागेको समयमा तोरीको बीउ रोप्न जमिन जोत्ने गरिन्छ। 

बाली काट्ने, जग्गा जोत्ने र बीउ रोपणमा व्यस्त हुनुको साथै शरद इक्विनोक्समा चीनमा धेरै लोक चलनहरू पनि छनः शरद ऋतुको तरकारीहरू खाने, अण्डासम्बन्धित खेल खेल्ने र चङ्गा उडाउने आदि।