युन नान प्रान्तीय तालीमा होस्टल खोलेका अमेरिकी नागरिक लिन्डेनको कथा
2022-09-23 09:04:41CRI
Share with:

अमेरिकी नागरिक ब्रेन लिन्डेन गत शताब्दीको असीको दशकमा अध्ययन गर्न चीन आउनुभएको थियो। हाल उहाँले चीनको युन नान प्रान्तको तालीमा एउटा होस्टल संचालन गर्दैआउनुभएको छ। लामो समयसम्म गाउँमा बसोबास गर्नुभएका कारण लिन्डेनले चीनको गाउँमा भएको परिवर्तनको अनुभव गर्नुभएको छ। गाउँको विकासमार्फत उहाँले चीनको विकास बाटोबारे क्रमशःजानकारी लिनुभएको छ।

 

लिन्डेन युन नान प्रान्तीय तालीको “सी लिन युआन” नामक होस्टलका मालिक हुनुहुन्छ। “सी लिन युआन” नामक होस्टल पहिले दीर्घकालीन इतिहास रहेको पाइ जातीय आबास थियो। तालीको सी चौ पुरानो बस्ती सुन्दर गाउँ चित्रजस्तै छ। लिन्डेनका आँखामा त्यो विश्वको सबैभन्दा सुन्दर गाउँ हो। लिन्डेन भन्नुहुन्छ “मैले एक सय वटाभन्दा बढी मुलुकको भ्रमण गरेको छु। म शहरमात्रै नभई गाउँ पनि गएको छु। मलाई सबैभन्दा आकर्षित गरेको ठाउँ चीनको गाउँ हो।” 

सन् २००४ मा लिन्डेनले अमेरिकामा आफ्नो कामबाट राजीनामा दिनुभयो र आफ्नो आबास बिक्री गर्नुभयो। त्यसपछि, उहाँ आफ्नी श्रीमती र दुईजना बच्चालाई लिएर चीनको युन नान प्रान्तीय ताली आउनुभयो। चार वर्षपछि पाइ जातीय आबास जिर्णोद्धार तथा सजावट गरी उहाँले होस्टल खोल्नुभयो। यो होस्टलका मालिक लिन्डेनको चीनको “गाउँ सपना” पनि शुरु भयो। लिन्डेन भन्नुहुन्छ, लिन्डेनका आँखामा चीनको गाउँको संस्कृति तथा दृश्य मानवस्पर्शी छ। उहाँले हरेक दिन बिहानै बजार गई स्थानीय वासिन्दाहरूसँग कुराकानी गर्नु हुन्छ। उहाँ मेहनती र मैत्रीपूर्ण वासिन्दालाई माया गर्नु हुन्छ। स्थानीय वासिन्दाबाट उहाँले गाउँको विकासले उनीहरूलाई दिएको सुखमय भावनाको अनुभव गर्नुभएको छ। उहाँ भन्नुहुन्छ “चीनको गाउँमा वासिन्दाहरू मेहनती छन्। हाम्रो होस्टलका मजदूर, सिकर्मीका सबै छोराछोरीहरू विश्वविद्यालया पढ्छन्। हाल गाउँका वासिन्दाको आवश्यकता र सपना शहरका वासिन्दा बराबर छ।”

 

सी चौ बस्तीमा बसोबास गर्नुभएको दश वर्षभन्दा बढीको समयमा लिन्डेन चीनको गाउँमा भएको ठूलो परिवर्तनको साक्षी पनि बन्नुभयो। सन् २०२० जुलाई महिनामा युन नान प्रान्तीय ताली स्वशासित क्षेत्रका एघार वटा गरिब गाउँ सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको थियो। लिन्डेनका आँखामा यो आश्चर्यजनक परियोजना हो। उहाँको विचारमा गरिबीबाट मुक्त भएपछि गाउँको आधारभूत प्रबन्ध सुध्रिएको छ। गाउँको शिक्षा गुणस्तर बढेको छ। गाउँका वासिन्दाको विश्वास बलियो बनेको छ। उहाँ भन्नुहुन्छ “म चीनमा वर्तमान सरकारको प्रशंसा गर्छु। सरकारले प्रदूषित पानीको व्यवस्थापन गर्‍यो, अर हाई तालको संरक्षण गर्‍यो, खुनमिङदेखि तालीसम्मको द्रुत गतिको रेलको निर्माण गर्‍यो। सरकारले अस्पताल, विद्यालयको निर्माण गर्‍यो। विकासप्रति गाउँका वासिन्दाको आत्मविश्वास छ। त्यसैले चीनको गरिबी निवारण नीतिलाई अरु मुलुकले सिक्नसक्ने ठहर मैले लिएको छु।”