“अन्तरिक्ष सपना”शीर्षक चित्रकला पुरस्कार समारोह एवम् “अन्तरिक्षसम्बन्धी प्रश्न” अन्तरक्रियात्मक गतिविधि आयोजित
2022-09-23 11:22:30CRI
Share with:

चिनियाँ मिडिया ग्रुप र चिनियाँ विज्ञान तथा प्रविधि सङ्ग्रहालयद्वारा संयुक्त रूपमा आयोजित चिनियाँ र विदेशी युवाहरू “अन्तरिक्ष सपना” शीर्षक चित्रकला पुरस्कार समारोह एवम् “अन्तरिक्षसम्बन्धी प्रश्न” अन्तरक्रियात्मक गतिविधि सेप्टेम्बर १५ तारिख पैचिङमा आयोजना भएको छ। मंगोलिया, भियतनाम, लाओस, कम्बोडिया,बंगलादेश, अफगानिस्तान, टर्की र  केन्याका युवा चित्रकारहरूले चिनियाँ अन्तरिक्ष स्टेशनको मोड्युलको नाम दिइएका पुरस्कार जितेका छन्।

चिनियाँ अन्तरिक्ष स्टेशनमा कार्यरत शनचौ १४ मानवसहितको अन्तरिक्ष यानका तीनजना अन्तरिक्ष यात्रीहरूले पुरस्कार विजेताहरूलाई बधाई सन्देशसहितको भिडियो पठाएका छन्। चीनको पहिलो अन्तरिक्ष यात्री एवम् चीनको मानवसहित अन्तरिक्ष परियोजनाका उपप्रमुख डिजाइनर याङ लिवेईले पुरस्कार समारोहमा उपस्थित भएर चिनियाँ र विदेशी नेटिजनका प्रश्नको जवाफ दिनुभएको छ।