प्रशान्त टापुहरू अमेरिकाका भूराजनीतिक द्वन्द्व मच्चाउने चेस होइन
2022-09-24 16:35:44cri
Share with:

स्थानीय समयअनुसार, सेप्टेम्बर २२ तारिख अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राष्ट्र संघीय महाधिवेशन अवधिमा द पार्टनर्स इन द ब्लू प्यासिफिक अर्थात् पीबीपी विदेशमन्त्री बैठकको अध्यक्षता गर्नुभएको छ। सो अवसरमा उहाँले अमेरिकाले प्रशान्त क्षेत्रको विकासलाई बढाउनुका साथै जलवायु परिवर्तनको सामना, पूर्वाधारको निर्माणलगायत क्षेत्रको सहयोगलाई प्रबर्द्धन गर्ने उल्लेख गर्नुभयो। जुन सेप्टेम्बरको अन्तमा वाशिन्टनमा आयोजना हुने पहिलो अमेरिका-प्रशान्त टापु शिखर सम्मेलनको लागि तयार गर्ने रहेको सबैको ठहर छ।

तथाकथित पीबीपी गत जुनमा मात्र गठन भएको थियो। अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, न्युजिल्याण्ड त्यसका सदस्य हुन् भने भारत पर्यवेक्षक हो। पीबीपीले प्रशान्त टापुहरूसँग जलवायु परिवर्तन, समुद्र सुरक्षा, स्वास्थ्यलगायत क्षेत्रको सहयोगलाई बढाउने व्यक्त गरे पनि वास्तविक लक्ष्य यति सरल छैन। अमेरिकी मिडियाका अनुसार, दक्षिणी प्रशान्त क्षेत्रमा चर्किरहेको चीनको प्रभावलाई सीमित राख्ने पीबीपीको उद्देश्य रहेको छ।

पीबीपी मात्र होइन, यस वर्षयता अमेरिकाले प्रशान्त टापुहरूमा अनेकौँ कुटनीतिक गतिबिधि चलाएको छ। अमेरिकाको भूराजनीतिक नक्सामा दक्षिण प्रशान्त महत्वपूर्ण छैन तर अहिले केन्द्रित बनेको छ। अमेरिकी प्रतिनिधिसभाका सदस्य स्टिभ चाबोटका अनुसार, यस वर्षको शुरूमा चीन र सोलोमन टापुहरूबीच द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएबाट अमेरिकालाई कडा "अत्यावश्यकताको भावना" लागेको छ र तत्कालै गतिबिधि चलाउनुपर्ने लागेको छ। अमेरिका राष्ट्रिय सुरक्षा परिषदमातहत भारत-प्रशान्त मामिला संयोजक कुर्ट क्यामपबेलले पनि सार्वजनिक रूपमा स्वीकार गर्नुभयो कि प्रशान्त क्षेत्रमा अमेरिकाको गतिबिधिको "एक निर्विवाद रणनीतिक कारक" रहेको छ। 

जलवायु परिवर्तन र कोभिड-१९को चुनौतिको सामना गर्ने प्रशान्त टापुहरूको वर्तमान तत्कालै समस्या हो। यदि अमेरिकाले तिनीहरूको विकासलाई साँच्चिकै सहयोग गर्न खोजेमा टापुहरूसँग समान तथा साझा फाइदायुक्त सहयोग गर्नुपर्छ तर भूराजनीतिक वा विभिन्न राजनीतिक शर्त सहित गतिबिधि चलाउने होइन।