जर्मनीका लागि चिनियाँ राजदूतावासद्वारा “चीन-जर्मनी दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा मध्य शरद सङ्गीत समारोह” आयोजित
2022-09-26 09:33:52cri
Share with:

जर्मनीका लागि चिनियाँ राजदूतावासले सेप्टेम्बर १७ तारिख बर्लिन विश्व पार्कमा “चीन-जर्मनी दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा मध्य शरद सङ्गीत समारोह” को आयोजना गरेको छ। जर्मनीको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रका साथीहरु, जर्मनीमा बसोबास गर्ने चिनियाँ मूलका विदेशी, चिनियाँ प्रवासीहरु र स्थानीय नागरिकहरु लगायत हजारौँ व्यक्तिहरु उक्त सङ्गीत समारोहमा सहभागी भएका छन्।

 

जर्मनीका लागि चिनियाँ राजदूतावासको “चीन-जर्मनी दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा” सम्बन्धी श्रृंखलाबद्ध कार्यक्रमहरुमध्येको एकको रुपमा यस पटकको सङ्गीत समारोहले बर्लिन विश्व पार्कमा हरेक वर्ष आयोजना हुने चीनको परम्परागत पर्व मध्य शरद पर्वका लागि मनाइने समारोहसँग जोडेर चीन र जर्मनी दुई मुलुकका कलाकारहरुलाई सँगै प्रदर्शन गर्ने निम्त्याएको हो। त्यसको उद्देश्य सङ्गीतमार्फत आपसी जानकारी र मित्रतालाई गहन पारी चीन र जर्मनी बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाइनु हो। जर्मनीका १६ प्रसिद्ध वाद्यवादन टोली र थिएटरका करिब ४० चिनियाँ र जर्मन सङ्गीतकारले चीनको शास्त्रीय वाद्य यन्त्र बजाउँदै चिनियाँ लोक गीत गाएका छन्। त्यसबाहेक उनीहरुले जर्मनीका सङ्गीतकार बाह र बीथोभेनका धेरै प्रसिद्ध सङ्गीतको प्रस्तुत गरेका छन्। जसबाट तालीको गडगडाहट गुञ्जिएको थियो।

 

यस पटकको सङ्गीत समारोहका कला र सङ्गीत निर्देशक, बर्लिन अभिनय र कला क्याम्पसको सङ्गीत सम्बन्धी प्राध्यापक हान स्याउ मिङले चीन र जर्मनी बीचको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा सङ्गीत समारोहमा प्रस्तुत सङ्गीतहरु चीन र जर्मनीको शास्त्रीय रचनाहरु समावेश गरिएको तथा कलाकारहरु पनि आधा चिनियाँ आधा जर्मन रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

परम्परागत चिनियाँ सङ्गीत र परम्परागत पश्चिमी शास्त्रीय सङ्गीत सँगै मिलाएर दर्शकहरुसमक्ष प्रस्तुत गर्नु एक किसिमको राम्रो सांस्कृतिक आदानप्रदान हो। जसले चीन र जर्मनीका सङ्गीतकारको स्तर पनि अभिव्यक्त गरेको छ। भविष्यमा यस्तो सहयोगको निरन्तरता हुनसक्ने मैले आशा गरेको छु। यस्तो सांस्कृतिक आदान प्रदानको महत्त्वपूर्ण अर्थ हुन्छ। चीन र जर्मनी बीच वाणिज्य र उद्योग क्षेत्रमा मात्रै अत्याधिक सहयोग नभई सङ्गीत क्षेत्रमा पनि धेरै छ। सङ्गीत बीचको सीमा हुँदैन। आपसमा धेरै विवाद रहे तापनि हामीले सङ्गीतमार्फत निरन्तर रुपमा आदान प्रदान गर्नसक्छौँ।

 

अध्ययन र कामका लागि चीनमा ६ वर्षसम्म बसेकी थेरिसा स्टिवार्टले दुई मुलुकका कलाकारले संयुक्त रुपमा प्रदर्शन गरेको चिनियाँ लोक गीतबाट आफू चीनमा फर्केको जस्तै महसूस गरेकी छिन्,

म चीनलाई माया गर्छु। त्यहाँ काम तथा बसाइ निकै सुखद रह्यो। हाल चीनमा बस्ने भनेको मेरो लागि भविष्यमा बस्ने जस्तै लागेको छ। जर्मनीमा समाचारपत्रबाट मात्र पाइने नयाँ डिजिटल प्रविधि चीनमा आफैँले अनुभव गर्न पाइन्छ, यो आश्चर्यजनक कुरा हो। दश वर्षअघि चीन र जर्मनी बीच दौत्य सम्बन्ध स्थापना भएको ४० औँ वार्षिकोत्सवको समयमा म पैचिङमा थिएँ। दश वर्षपछि दुवै मुलुकले अरु भव्य तरिकामार्फत मनाउनसक्ने मेरो आशा छ। जर्मनी र चीन बीचको मित्रता अरु गहन होस्, सहयोग अरु व्यापक होस् र भविष्य अरु उज्ज्व होस् , म शुभकामना व्यक्त गर्न चाहन्छु।