पुनरूत्थानको बाटोमा दृढताका साथ हिँड्दैजाने: सी चिनफिङ
2022-09-26 15:27:51cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले प्रकाशनोन्मुख “पुनरूत्थान लेख भण्डार” नामक ग्रन्थका लागि “पुनरूत्थानको बाटोमा दृढताका साथ हिँड्दैजाने” शीर्षकमा भूमिका लेख्नुभएको छ।

 

उक्त लेखमा राष्ट्राध्यक्ष सीले लेख्नुभएको छ: “पुनरूत्थान लेख भण्डार”को सम्पादन गर्नु नै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले अनुमोदन गरेको महत्वपूर्ण सांस्कृतिक परियोजना हो। त्यस ग्रन्थको प्रकाशन समस्त चिनियाँ जनताका लागि ऐतिहासिक आत्मविश्वासलाई कायम राख्न, युगको मूल प्रवाहलाई समात्न, चिनियाँ विशेतायुक्त बाटोमा हिँड्दैजान र चिनियाँ शैलीको आधुनिकीकरणद्वारा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाउन ज्यादै महत्वपूर्ण अर्थ रहने छ।

 

उक्त ग्रन्थमा चीन राष्ट्रको महान पुनरूत्थान भन्ने मुख्य विषय बमोजिम विचारधारालाई आधार बनाएर सन् १८४० को अफिम युद्धयता चीन राष्ट्रको महान पुनरूत्थानसँग सम्बन्धित रहेका विविध महत्वपूर्ण साहित्य सामग्रीहरू समेटिएका छन्।