हजारौँ वर्ष पुरानो नहरको नयाँ जन्म
2022-09-26 16:05:28cri
Share with:

चौथो महा नहर सांस्कृतिक पर्यटन एक्स्पो पूर्वी चीनको सुचौ सहरमा आयोजना हुँदैछ। २५०० वर्षभन्दा लामो इतिहास भएको तथा ३२०० किलोमिटर लामो चीनको महा नहर विश्वमा सबैभन्दा लामो, सबैभन्दा ठूलो र प्रारम्भिक रूपमा खनिएको सबैभन्दा पुरानो नहर हो। पहिले मुख्य गरी जल ढुवानीबाट महा नहरले वरिपरि काजनतालाई हितकल्याण पुर्याइएको थियो। अहिले नयाँ विचारधाराको नेतृत्वमा, महा नहरको संरक्षण, सदुपयोग र बिँडो थाम्ने नयाँ अध्याय खुलेको छ।

महा नहर चीनका ८ वटा प्रान्तहरू र ५ वटा मुख्य नदीसँग जोडिएको छ। हजारौँ वर्षयता महा नहर वरिपरि प्रशस्त सांस्कृतिक सम्पदा सिर्जना भएका छन्। सन् २०१४ को जुन महिनामा महा नहर विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत गरिएको थियो। सन् २०२१को जुलाईमा चिनियाँ राष्ट्रिय विकास र सुधार समिति तथा सम्बन्धित विभागले संयुक्त‘महा नहर सांस्कृतिक संरक्षण र सदुपयोग चौधौँ पञ्च योजना’को तय गरेको थियो।

चीनको दक्षिणदेखि उत्तरसम्मको महा नहरले दुई किनारका जनतालाई सुखमय जीवन उपलब्ध गराउँदै आएको छ।