सी चिनफिङद्वारा चच्याङ प्रान्तको उत्पादन व्यवसायको सुधारको नेतृत्व
2022-09-27 14:47:37cri
Share with:

सन् २००२ को अक्टोबरमा सी चिनफिङले चच्याङ प्रान्तला आफ्नो कार्य क्षेत्र बनाउनुभएको थियो। त्यसपछिको साढे ४ वर्षसम्म उहाँले लगातार चच्याङ प्रान्तमा उपसचिव, प्रान्त प्रमुख तथा सचिवको पदमा रहेर काम गर्नुभयो। चच्याङले इतिहासमै वाणिज्यमाथि उच्च ध्यान दिएको छ। यो पूर्वी चीनको एउटा विकसित प्रान्त हो। सन् २००१ को नोभेम्बरमा चीन विश्व व्यापार संगठनमा बद्ध भएपछि मौका सँगसँगै चुनौती पनि पाएको थियो। चीनका अरू प्रान्त जस्तै त्यति बेलाको चच्याङ प्रान्तको आर्थिक विकासको गुणस्तर र क्षमता राम्रो थिएन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शक्ति त्यति ठूलो थिएन। 

सी चिनफिङले चच्याङमा आएर चीनले विश्व व्यापार संगठनमा बद्ध भएको मौका लिएर चच्याङका व्यवसायलाई उच्च चरणमा पुर्याउनुका साथै चच्याङको आर्थिक विकास तथा वातावरणको संरक्षण गर्ने बीचको खाडलको समाधान गर्नुभएको छ।