#अल्पसंख्यक जाति# गोजीबेरी रातो भएसँगै जीवन सुन्दर बन्दै
2022-09-27 09:22:34cri
Share with:

चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको चिङ ह जिल्लामा रातो पत्थरजस्ता चम्किला राता गोजीबेरीहरू हाँगामा झुन्डिएका छन्। गोजीबेरीको खेतमा किसानहरू व्यस्त रूपमा काम गरिरहेका छन् र हावा पनि गोजीबेरीको मिठासले भरिएको छ। गोजीबेरी पाक्दैगर्दा स्थानिय किसानको जीवन झन् झन् सुन्दर बन्दै छ।

चु हुङमै मध्य चीनको हु नान प्रान्तबाट सिन्च्याङमा गएर बसेको लगभग दश वर्ष भइसकेको छ। उहाँ सिन्च्याङमा गोजीबेरीको व्यापार गर्नुहुन्छ। उहाँ र सिन्च्याङको सम्बन्ध सन् २०१३देखि सुरू भएको हो। त्यसबेला चु हुङमैले भर्खरै विश्वविद्यालयबाट स्नातक भएपछि सिन्च्याङको पर्यटन गर्नजानुभएको थियो। चिङ ह जिल्लामा रहँदा स्थानीय गोजीबेरी खानुभयो। स्थानीय गोजीबेरीको स्वादले गोजीबेरीबारे उहाँको अघिल्लो अनुभूतिलाई भंग गरेको थियो। यति राम्रो गोजीबेरीको मुख्य भूमिमा व्यापार गरेमा बजार अवश्य राम्रो हुने विचार उहाँले गर्नुभयो।

 

त्यसै साल उहाँले फेरि चिङ ह जिल्ला पुगेर थाउपाउमा सिन्च्याङ कृषि सुख्खा फलसन्बन्धी विशेष पसल सञ्चालन सुरू गर्नुभयो।

 

“सुरूमा अनलाइन पसलको व्यापार राम्रो थिएन। त्यसैले मैले बजारको गहिरो अनुसन्धान गरेँ। चिङ ह जिल्लामा गोजीबेरी रोप्ने किसान धेरै छन् तर संशोधन उद्यम तरिका थिएन र विक्री मोडेल साधारण मात्र थियो। त्यसैले बजारको विस्तार गर्न सक्ने अवस्था थिएन।” चु हुङमैले भन्नुभयो।

 

त्यसैले सन् २०१५ मा उहाँले कम्पनी सञ्चालन गरेर “इ-वाणिज्य जोड सहकारी जोड किसान” को विकास मोडलबाट हरित जैविक मार्काको प्रचार गर्नुभएको छ। सन् २०१७ मा उहाँले खाद्य प्रशोधन कारखाना पनि स्थापना गरेर गोजीबेरीबाट क्यान्डी, दलिया, सौन्दर्य चिया र अन्य रचनात्मक उत्पादनहरू संशोधन तथा उत्पादन गर्नुभएको छ।

 

"आफ्नो व्यवसाय सुरु गरेदेखिका वर्षहरूमा, मैले कर कटौती र शुल्क कटौतीलगायत विभिन्न सुविधाजनक नीतिहरू पाएकी छु।" उहाँले भावनात्मक भएर भन्नुभयो।

यी सुविधाजनक नीतिहरूले उहाँलाई सरकारको बलियो समर्थन पाएको महसुस गर्नुका साथै उहाँको आत्मविश्वासलाई पनि अझै सुदृढ पारेका छन्।

 

केही वर्षयता उहाँले प्रत्यक्ष प्रसारणमार्फत् व्यापारको फाइदा पत्ता लगाउनुभयो। टिकटोकमा उहाँको प्रशंसकको संख्या ३००बाट १ लाख २० हजारभन्दा बढी पुगेको छ। उत्पादनको अनलाइन तथा अफलाइन विक्री दुबै राम्रो हुनुका साथै चिङ ह जिल्लाका गोजीबेरी किसानहरूका लागि धनी बन्ने नयाँ मार्ग खोजेको छ। चिङ ह जिल्लाको "ई-वाणिज्य विज्ञान र प्रविधि आयुक्त" को रूपमा, उहाँले चिङ ह जिल्लाका महिला समूहहरूलाई निःशुल्क रूपमा प्रत्यक्ष प्रसारणको प्रविधि र सीप सिकाउँदैआउनुभएको छ।

 

चालू वर्ष चु हुङमैको कम्पनीको विक्री रकम ४० लाख युआन भन्दा बढी पुगेको छ। कर्मचारीको संख्या पनि ३ जनाबाट ३० भन्दा बढी पुगेको छ। उहाँले हु नान प्रान्तबाट बुवा-आमालाई पनि सिन्च्याङमा ल्याएर सँगै बस्नथाल्नुभएको छ। भविष्यबारे चु हुङमैलाई आत्मविश्वास बढेको छ। "अझ बढी उद्यमीहरू मजस्तै सिन्च्याङमा आउने आशा गर्छु। मजस्तै उनीहरूले पनि यहाँलाई माया गर्ने विश्वास गर्छु।"