नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै
2022-09-27 16:40:43CRI
Share with:

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ। सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अब भने नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ।

निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको अनलाइनखबरले जनाएको छ।

निगमले लामो समयदेखि अनलाइन टिकेटिङ सेवा थाल्ने बताए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन।