चीनको सुन्दर फसल दृश्य
2022-09-28 19:46:06cri
Share with:

सुनौलो शरद ऋतु  धान भित्र्याउने समय हो। फसल दृश्य चीनमा सबैभन्दा सुन्दर छ। हालसालै चीनका विभिन्न क्षेत्रमा शरद ऋतुको फसल भित्र्याउने काम व्यवस्थित रुपमा जारी छ।

शानतुङ प्रान्तमा भटमास र मकै फसल काट्ने अवधि रहेको छ। उत्तर-पूर्वी चीनमा क्रमशः भटमास काट्ने काम भइरहेको छ । यस वर्ष हनान प्रान्तमा मकै खेतीको क्षेत्रफल ५ करोड ७०लाख मू.भन्दा बढी पुगेको छ।

सिन्च्याङको प्राकृतिक गोबीमा किसानहरूले भर्खरै टिपेका खुर्सानी सुकाउँदैछन्। सुकेको खुर्सानीको उत्पादन प्रति मू ५०० केजी पुग्नसक्छ।

च्याङसी प्रान्तमा किवी फलको बम्पर फसल भयो। स्थानीय फलफूल किसानहरूले व्यस्त रूपमा किवी टिप्दैछन्। यी किवीहरू अनलाइन र अफलाइन बिक्री मोडेलमार्फत चीनभरि व्यापार गरिनेछन्।

छिङहाइ प्रान्त वल्फबेरी पनि टिप्ने सिजनमा प्रवेश गरेको छ।

सुनौलो शरद ऋतुमा, ग्रामीण क्षेत्रमा कति राम्रो फसल दृश्य देखिन्छ। उत्पादन वृद्धि, आम्दानी वृद्धि र दक्षता वृद्धि किसानको मनमा सबैभन्दा सुन्दर अपेक्षा हो।