शाङहाई सहयोग संगठनको कृषि एक्स्पोद्वारा चीन र सदस्य देश बीच आदान प्रदान र सहकार्य चौतारोको स्थापना
2022-09-28 10:50:47cri
Share with:

हाल सन् २०२२ शाङहाई सहयोग संगठनको कृषि एक्स्पो चीनको पल्लो शान्सी प्रान्तको याङ लिङ शहरमा जारी छ।

 

रूसेली मह, रक्सी, काँक्रो, पाकिस्तानी ब्ल्यान्केट, स्ट्रबेरी, पाइन नट, भारतीय बदाम, कजाकिस्तानको तेल, कूकिज, किर्गिस्तानको फलफूल, ताजकिस्तानको प्याज र अँगुर आदि प्रशस्त वस्तुहरू निकै आकर्षक देखिन्छ।

 

शाङहाई सहयोग संगठनका सदस्य मुलुकका व्यापारीहरूले अझ बढी वाणिज्य सहयोग खोजेर आ-आफ्ना उत्कृष्ट उत्पादनहरूलाई चिनियाँ साथीसमक्ष प्रस्तुत गर्ने आशा गरेका छन्।