अमेरिकी राष्ट्रिय सुरक्षा ब्यूरोद्वारा गोप्य साइबर सूचना चोरी गरेको पुष्टि
2022-09-28 18:38:22CRI
Share with:

सेप्टेम्बर २७ तारिख चीनको राष्ट्रिय कम्प्युटर भाइरस आकस्मिक प्रतिक्रिया केन्द्र र ३६० नामक कम्पनीले चीनको उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालय विदेशी इन्टर्नेटको हमलाबारेको छानबिन प्रतिवेदन सार्वजनिक गरेका छन्। उक्त पछिल्लो प्रतिवेदनले अमेरिकी राष्ट्रिय सुरक्षा ब्यूरोको “अनुकूलित एक्सेस अपरेसनको कार्यालय अर्थात् टीएओ”ले उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालयमाथि हजार पटकभन्दा बढी साइबर हमला गरेकोबारे महत्वपूर्ण विस्तृत सामग्री देखिएको छ। 

उक्त पछिल्लो प्रतिवेदनअनुसार, टीएओले उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्यालयमाथि साइबर हमला गर्ने क्रममा चीनको आधारभूत प्रबन्धमा घुसेर नियन्त्रण गरेको, साथै यसमार्फत चिनियाँ इन्टर्नेट प्रयोगकर्ताको गोपनीयता डेटा चोरेको छ। चीनको इन्टर्नेट उद्योग-व्यवसायले चालू वर्ष सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार, विगत दश वर्षभन्दा बढीको समयमा अमेरिकी राष्ट्रिय सुरक्षा ब्यूरोले साइबर हतियारमार्फत चीन, बेलायत, जर्मनी, फ्रान्सलगायतका विश्वका ४७ वटा मुलुक र क्षेत्रका ४०३ वटा लक्ष्यमाथि साइबर हमला गरेको छ।

चीनको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विश्वले स्पष्ट रुपमा देखेको र पीडित को हुन्? अरूलाई हानी गर्ने व्यक्ति को हुन्? कसले जनमतलाई भ्रमित गरेको छ भन्ने यकिन भएको छ। 

साइबर सुरक्षाको संरक्षणमा दोहोरो मापदण्ड रहनुहुँदैन। अमेरिकाले चीनमाथिको साइबर हमला रोक्नुपर्छ।