चीनका राष्ट्राध्यक्ष र अर्जेन्टिनाका राष्ट्रपतिबाट छुट्टा-छुट्टै रूपमा चीन-अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्चस्तरिय मञ्चलाई बधाई सन्देश
2022-09-28 20:55:28CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फेर्नान्डेजले २८ तारिख छुट्टा-छुट्टै रूपमा चीन-अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्चस्तरिय मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र अर्जेन्टिना राम्रा साथी र असल साझेदार हुन्। चालू वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सव हो र चीन-अर्जेन्टिना मैत्रिपूर्ण सहयोगको वर्ष हो। आधा शताब्दीमा दुई देशको सम्बन्ध उदीयमान बजार देश र विकासोन्मुख देशबीच एकता तथा सहयोग र साझा विकास गर्ने नमूना बनेको छ। मञ्चमा सहभागीहरूले विचार र सहमति संकलन गरेर चीन र अर्जेन्टिनाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको नयाँ अध्याय लेख्न सहयोग गर्ने र नयाँ कालमा चीन-ल्याटिन अमेरिकी भाग्य समुदाय र मानव भाग्य समुदायको निर्माण गर्न योगदान दिने आशा उहाँले व्यक्त गर्नुभएको छ।

यस्तै राष्ट्रपति फेर्नान्डेजका अनुसार, दुई देशका सञ्चार माध्यमले फलदायी सहयोगले जनताको आपसी बुझाइलाई  बढाएको छ। दुवै पक्षले सहयोगलाई गहन पारेर चीन र अर्जेन्टिनाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा योगदान दिने र दुइ देशका जनताको फाइदा र विश्वको शान्ति तथा विकासका लागि योगदान दिने आशा उहाँले व्यक्त गर्नुभएको छ।

 चीन-अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्चस्तरीय मञ्च सेप्टेम्बर २८ तारिख पैचिङमा शुरू भएको हो। यो चाइना मिडिया ग्रुप तथा अर्जेन्टिना सामाजिक सञ्चारमाध्यम राष्ट्रिय परिषद् सचिवालयद्वारा संयुक्त रूपमा आयोजित भएको हो।