विश्वको नेटवर्क सुरक्षामा कस्तो धम्की?
2022-09-29 20:38:01CRI
Share with:

यसै जुनमा, चिनियाँ नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले उसको इमेल प्रणालीमा साइबर आक्रमण गरिएको सार्वजनिक गरेको छ। सेप्टेम्बरमा चिनियाँ नेशनल कम्प्युटर भाइरस इमर्जेन्सी रेस्पोन्स सेन्टरबाट क्रमशः प्रकाशित दुईवटा अनुसन्धान प्रतिवेदनले उक्त साइबर आक्रमणका दोषी पहिचान गरेका छन्। यो अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) अन्तर्गत टेलर्ड एक्सेस अपरेशनको कार्यालय" (टीएओ) हो। अनुसन्धान प्रतिवेदनहरूले अनेकन विस्तृत प्रमाणमार्फत् युनिभर्सिटी विरुद्ध अमेरिकी साइबर आक्रमणको उद्देश्य पुष्टि गरेको छ, अथवा चीनको पूर्वाधार प्रबन्धको केन्द्रिय उपकरणमा घुसपैठ र नियन्त्रण गरेर  चिनियाँ प्रयोगकर्ताको निजी डाटा चोरेको छ।

पक्कै पनि अमेरिकाले चीनमाथि गरेको साइबर आक्रमण यो पहिलो पटक होइन। अमेरिकाले धेरैपटक हिलो छ्याप्ने क्रममा चिनियाँ ह्वावे कम्पनीका विरुद्ध प्रकाशन गरेको एनएसएको दस्तावेजअनुसार, उसले सन् २०१०देखि ह्वावेमाथि दीर्घकालदेखि सुप्त गोप्य नेटवर्क आक्रमण गर्दैआएको छ। साथै उसले ह्वावेमा "सुरक्षा जोखिम" रहेको भन्ने कुरा प्रचार गरेर ह्वावेका उत्पादनको प्रयोग गर्ने अन्य देशमाथि आक्रमण गरेको छ।

रुस-युक्रेनी युद्धमा पनि अमेरिकाको साइबर आक्रमण देख्न सकिन्छ। यसै जुनमा अमेरिकी साइबर कमाण्डका कमाण्डर एवम् राष्ट्रिय सुरक्षा एजेन्सीका निर्देशकले बेलायती सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै  रूस-युक्रेन युद्धको प्रारम्भदेखि अमेरिकी ‘विशेषज्ञहरू’युक्रेनमा पठाइएको र रूसमाथि "आक्रामक र रक्षात्मक साइबर कार्वाही" गरिसकेको स्वीकार गरेका थिए। 

सन् २०१३मा भएको "स्नोडेन घटना"बाट अमेरिकी "ह्याकर राज्य"को वास्तविक अनुहारलाई देखाइसकेको छ। तापनि घोटाला खुलासा गरिएकोबाट अमेरिकालाई रोक्न सकिएन बरू अमेरिकी ह्याकिङ गतिविधि झन् चर्को बन्न गयो। धेरै युरोपेली देशका नेता र उच्च अधिकारीमाथि अमेरिकाले जासुसी गरेको कुरा गत वर्ष मात्र युरोपेली सञ्चारमाध्यमले खुलासा गरेका थिए। अमेरिकाले एकातिर विदेश लक्षित साइबर हमला र वायरट्यापिङ गरिरहेको छ भने अर्कातिर स्वदेशमा अमेरिकी नागरिकहरूको गोपनीयतामा लापरवाहीपूर्वक जासुसी गरिरहेको छ। चालू वर्षको अप्रिलमा, अमेरिकी राष्ट्रिय जासूसी निर्देशन कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन बमोजिम, गत वर्ष एफबीआईले सर्चवारेन्टबिना अमेरिकीहरूको इलेक्ट्रोनिक डाटा ३४ लाख पटक गरी सर्च गरेको छ।

साइबर हमलाहरू नै विश्वव्यापी अमेरिकाले आफ्नो प्रभुत्वलाई कायम राख्ने तरिका बनेको छ जसबाट अन्य देशको सूचना सञ्जाल र पूर्वाधारलाई भङ्ग पार्ने, अन्य देशका उद्यमहरूको प्राविधिक विकासमा दबाव दिने, अन्य देशका राजनैतिक गण्यमाण्य व्यक्तिहरूको निगरानी गर्ने गरिन्छ भने आफ्नो राजनीतिक, सैन्य, कूटनीतिक र व्यापारिक स्वार्थपूर्तिका लागि जनताको गोपनीयता लुटिरहेको छ। विश्वव्यापी रूपमा अमेरिकाको साइबर हमलाहरू गरेका आधिपत्यपूर्ण गतिविधिबारेमा अन्तर्राष्ट्रिय समुदायलाई राम्ररी थाहा छ: विश्व साइबर सुरक्षालाई धम्की दिने सबैभन्दा ठूलो ह्याकर अमेरिका नै हो।