चीन-अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्च स्तरीय मञ्च पैचिङमा
2022-09-29 10:26:45cri
Share with:

 चीन-अर्जेन्टिना मानव तथा सांस्कृतिक आदानप्रदान उच्च स्तरीय मञ्च सेप्टेम्बर २८ तारिख पैचिङमा आयोजना गरिएको छ। चाइना मिडिया ग्रुप र अर्जेन्टिना सामाजिक सञ्चार माध्यम राष्ट्रिय परिषद् सचिवालयद्वारा संयुक्त रूपमा आयोजित उक्त मञ्च चीन र अर्जेन्टिना बीच दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव अर्थात् चीन-अर्जेन्टिना मैत्रीपूर्ण सहयोगात्मक वर्षका महत्वपूर्ण गतिविधिहरूमध्येको एक हो।

  

मिडियाको आदानप्रदानलाई गहन पारी जनताको हितकल्याणको सिर्जना गरौँ भन्ने उक्त मञ्चको मुख्य नारा रहेको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले मञ्चलाई सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिनफिङ र अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फेर्नान्डेजले मञ्चलाई पठाउनुभएको शुभकामना सन्देशमा चीन अर्जेन्टिना बीचको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई निरन्तर विकसित पार्दै जानका लागि निर्देशन दिनुभएको औंल्याउनुभएको छ।

 

साथै, चाइना मिडिया ग्रुपका उप महानिर्देशक च्याङ सी वै र अर्जेन्टिनाका पर्यटन र खेलकुद मन्त्री माल्डियास रामोन्सले अनलाईन र अफलाईनको तरिकामार्फत संयुक्त रूपमा “चीन अर्जेन्टिना सांस्कृतिक सप्ताह” को आरम्भ गर्नुभएको छ।