अमेरिकी राष्ट्रपति बाइडेनको महामारी अन्त्यको दावीप्रति प्रतिक्रिया
2022-09-29 16:39:59CRI
Share with:

अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै कोरोनाको महामारी अन्त्य भएको बताएपछि अमेरिकनहरूले व्यापक प्रतिक्रिया जनाएका छन्। बाइडेनका अनुसार २०२० देखि नै लाखौँ अमेरिकनहरूले महामारी अन्त्य भएको सुन्न चाहिरहेका छन्।

असमयमै बाइडेनले कोभिड – १९ महामारी समाप्त भएको कुरा एउटा संचारमाध्यमसमक्ष व्यक्त गरेपछि सर्वसाधारणको प्रतिक्रिया आएको हो। द हिल अनलाइनमा माइकल विलियम्सले यसै विषयमा टिप्पणी गरेका छन्। उनले समय अगावै बाइडेनको यस्तो घोषणाले यसलाई बढ्नका लागि झन् टेवा पुग्नसक्ने चेतावनी दिएका छन्।