चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट सी९१९ ठूलो मानववाहक विमान परियोजनाका प्रतिनिधिसँग भेट-वार्ता
2022-09-30 19:43:32CRI
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ३० तारिख बिहान जनबृहत् सभा भवनमा सी ९१९ ठूलो मानववाहक विमान परियोजनाका प्रतिनिधिसँग भेट-वार्ता गर्नुका साथै परियोजनाको उपलब्धि प्रदर्शनको अवलोकन गर्नुभएको छ। उहाँले सी९१९ विमानको अनुसन्धान तथा उत्पादन कार्यको चरणवद्ध उपलब्धिमाथि पूर्ण रूपमा सक्रिय मूल्याङ्कन गर्नुभएको छ। 

उहाँका अनुसार, चिनियाँ ठूलो विमान आकाशमा उड्न लगाउनु देशको विचार र जनताको प्रतिक्षा हो। नयाँ राष्ट्रिय प्रणालीको श्रेष्ठताको प्रयोग गरेर सुरक्षा तथा गुणस्तरलाई पहिलो स्थानमा राख्नुका साथै दीर्घकालीन् प्रयास गरी केन्द्रिय प्रविधिको अनुसन्धानमा ठूलो उपलब्धि हासिल गर्नुका साथै स्केल तथा क्रमिक विकासलाई द्रुत पार्नुपर्छ। जसबाट सामाजवादी आधुनिक देशको चौतर्फी निर्माण गर्न र चीन राष्ट्रको महापुनर्त्थानका लागि अथक प्रयास गर्न सकियोस्।