चीन र अर्जेन्टिनाद्वारा नवोदित बजारबीचको एकता र सहकार्यका लागि नमूना
2022-09-30 17:08:29CRI
Share with:

पैचिङ समय अनुसार सेप्टेम्बर २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अर्जेन्टिना मानवीय तथा सांस्कृतिक आदानप्रदान उच्चस्तरीय मञ्चलाई बधाई सन्देश दिनुभयो। उहाँले उक्त मञ्चले चीन र अर्जेन्टिनाबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धका लागि नयाँ अध्याय लेख्ने, नयाँ युगको चीन र अर्जेन्टिनाको भाग्य समुदाय र मानव भाग्य समुदायलाई अगाडि बढाउनका लागि योगदान दिने आशा व्यक्त गर्नुभयो। अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फेर्नान्डेजले पनि उक्त मञ्चलाई बधाई सन्देश दिँदै दुई पक्षले सहयोगलाई सबल पार्ने, अर्जेन्टिना र चीनबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धका लागि भूमिका निर्वाह गर्ने, दुई मुलुकका जनताको लाभ र विश्वको शान्तिका लागि ठूलो योगदान दिने अपेक्षा व्यक्त गर्नुभयो।

 

विगत ५० वर्षयता चीन र अर्जेन्टिना यी दुबै मुलुक “टाढाका मित्र”बाट विकास भएर “चौतर्फी रणनीतिक साझेदारी” सम्बन्धमा पुगेका छन्। दुई मुलुकको सम्बन्धको विकासले दुई मुलुकका जनताका लागि वस्तुगत लाभ दिएको छ। यसबाट मुलुकहरूबीच पारस्परिक हित र साझा जीत प्राप्त हुनसक्ने कुरा प्रमाणित गरिएको छ। 

“चीन र अर्जेन्टिना असल मित्र र असल साझेदार हुन्” भनेर राष्ट्राध्यक्ष सी चिनफिङले बधाई सन्देशमा व्यक्त गरेको कुरा आधा शताब्दी पार गरेका दुवै मुलुकको सम्बन्धको विकास प्रक्रियामा देखापरेको छ।

 

हाल चीन र अर्जेन्टिनाको सामु महामारीपछि आर्थिक पुनरुत्थानको महत्वपूर्ण कार्यभार देखापरेको छ। “बेल्ट एण्ड रोड”निर्माण अगाडि बढाइरहेको सिलसिलामा चीन र अर्जेन्टिनाले चुनौतीको सामना गर्नका लागि जीवन्त शक्ति थप्नेछन्।