सीएमजीको “डाटाद्वारा बितेका १० वर्षको व्याख्या” शीर्षकको वृत्तचित्र बहु भाषा संस्करणमा
2022-09-30 15:40:53cri
Share with:

 चाइना मिडिया ग्रुपको “डाटाद्वारा बितेका १० वर्षको व्याख्या” शीर्षकको वृत्तचित्र बहु भाषा संस्करणमा समारोह सेप्टेम्बर ३० तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महा निर्देशक लगायतका अतिथिहरूले उक्त समारोहको उद्घाटन गरेका छन्।

 

चाइना मिडिया ग्रुपका उप महानिर्देशक वाङ स्याउ चन, राज्य परिषद्को थाइवान मामिला कार्यालयको प्रेस व्युरोका प्रमुख एवम् प्रेस प्रवक्ता मा स्याउ क्वाङ र राज्य परिषद्को हङकङ मकाउ मामिला कार्यालयको प्रचार प्रसार विभागका उपप्रमुख स्यु लु यिङ उक्त समारोहमा उपस्थित थिए। 

वास्तविक डाटा र घत लाग्दा कथा नै पूरै विश्वमा प्रचलित साझा भाषा रहेको छ। “डाटाद्वारा बितेका १० वर्षको व्याख्या” शीर्षकको वृत्तचित्रले अधिकांश डाटा, जीवन्त कथा र सिर्जनशील श्रव्यदृश्य अभिव्यक्तको तरिकामार्फत बितेका १० वर्षयता चीनमा देखा परेका विविध परिवर्तनलाई प्रस्तुत गरेर त्यसपछाडि लुकेका विकास गोपनीयतालाई व्याख्या गरेको छ।