चीनको गाउँमा भएको परिवर्तनबारे अमेरिकी नागरिक लिन्डेनको अनुभव
2022-09-30 10:12:55cri
Share with:

 

अमेरिकी नागरिक ब्रेन लिन्डेन गत शताब्दीको असीको दशकमा अध्ययन गर्न चीन आउनुभएको थियो। हाल उहाँले चीनको युन नान प्रान्तको तालीमा एक होस्टल संचालन गर्नुभएको छ। लामो समयदेखि गाउँमा बसोबास गर्नुभएका कारण लिन्डेनले चीनको गाउँमा भएको परिवर्तनको अनुभव गर्नुभएको छ। गाउँको विकासमार्फत उहाँले चीनको विकास बाटोबारे क्रमशःजानकारी लिनुभएको छ।

 

सी चौ बस्तीमा बसोबास गर्नुभएको दश वर्षभन्दा बढीको समयमा लिन्डेन चीनको गाउँमा भएको ठूलो परिवर्तनको साक्षी बन्नुभयो। सन् २०२० जुलाई महिनामा युन नान प्रान्तीय ताली स्वशासित क्षेत्रका एघार वटा गरिब गाउँ सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको थियो। लिन्डेनका आँखामा यो आश्चर्यजनक परियोजना हो। उहाँको विचारमा गरिबीबाट मुक्त भएपछि गाउँको आधारभूत प्रबन्ध सुध्रिएको छ। गाउँको शिक्षा गुणस्तर बढेको छ। गाउँका वासिन्दाको विश्वास बलियो बनेको छ। लिन्डेन पुरानो बस्तीको विकास र संरक्षण क्रममा स्थानीय चिनियाँहरूले प्राप्त गरेको उपलब्धिको साक्षी बन्नुभएको छ। उहाँ भन्नुहुन्छ “अर हाई तालको व्यवस्थापन, छाङशान पहाडको संरक्षणप्रति स्थानीय सरकारले राम्रो काम गर्‍यो। अर हाई तालको व्यवस्थापन भएको सातौँ वर्ष हो। अर हाई तालको व्यवस्थापन गाह्रो छ। केही मुलुकमा भए सरकारले यस्तो कठिन काम त्याग्थे होला। तर तालीमा सरकारले नयाँ उपाय र नयाँ तरिकामार्फत उनीहरूको लक्ष्य साकार तुल्याउन प्रयास गरिरहेको छ। मेरो विचारमा चीनबाहेक कुनै पनि मुलुकले यस्तो राम्रो काम गर्नसक्दैन।”

 

चीनको गाउँमा बस्नुभएको दश वर्षमा लिन्डेनले आफ्नो दृष्टिकोणद्वारा चीनको पर्यवेक्षण गर्नुभएको छ। उहाँकाअनुसार, चीनको विकास उपाय सुरक्षित र स्थिर राजनीतिक वातावरण, दिगो विकासको आर्थिक आधार, खुलापन नीति मात्र नभई मातृभूमिप्रति चिनियाँहरूको गहिरो भावना पनि हो। लिन्डेन भन्नुहुन्छ “अमेरिकामा हरेक मानिस आफ्नो हित मात्र हेर्छन्। तर चीनमा हरेक मानिसले आफू मात्र नभई उनको पुरानो पुस्ता र सन्तानको प्रतिनिधित्व गर्छन्। परिवारप्रति हरेकको दायित्व छ। आफ्नो निजी आवश्यकताभन्दा दायित्व अझै ठूलो हुन्छ। मेरो विचारमा गाउँका वासिन्दाका सन्तानले चीन र चीनको गाउँको भावी विकासका लागि जन्मथलो फर्कने आशा राख्छन्। उनीहरूले बाहिर सिकेको अनुभव जन्मथलो ल्याएर एक नयाँ गाउँको सिर्जना गर्ने छन्।”

 

चालू वर्ष लिन्डेन साठी वर्षको हुनुभयो। उहाँले धेरै इच्छा पूरा गर्ने आशा लिनुभएको छ। उहाँले आफ्नो होस्टललाई राम्रोसँग संचालन गर्ने, अझै धेरै विदेशी पर्यटकहरू घुमघाम गर्न चीनको गाउँ आउने आशा लिनुभएको छ। साथै उहाँले पनि आफू र चीनको कथा सुनाउने, चीनबारे जानकारी दिने आशा लिनुभएको छ। उहाँले निरन्तर रुपमा चीनमा बस्ने र चीनको अझै ठूलो विकासको साक्षी गर्ने योजना बनाउनुभएको छ। उहाँ भन्नुहुन्छ

 “सन् १९८५ मा म पहिलो पटक ताली आएको थिएँ। म खुनमिङबाट बसद्वारा बाह्र घण्टा लगाएर ताली पुगेको थिएँ। पछि द्रुत गतिको राजमार्गको निर्माण गरियो। खुनमिङबाट तालीसम्म तीन घण्टा मात्रै चाहिन्छ। पछि द्रुत गतिको रेलको निर्माण गरियो। दुई घण्टा मात्रै चाहिन्छ। भविष्यमा चिनियाँहरू अझै धनी र सुखमय हुने छन्। मैले चीनमा निरन्तर रुपमा बस्ने आशा लिएको छु।”