विदेशी नेतागणबाट जन गणतन्त्र चीन स्थापनाको ७३औं वार्षिकोत्सवमा शुभकामना
2022-10-01 19:48:06CRI
Share with:

हालै विभिन्न देशका नेतागण र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवारहरूले बेग्ला-बेग्लै रूपमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङलाई सन्देश वा चिट्ठी पठाएर जन गणतन्त्र चीन स्थापना भएको ७३औं वार्षिकोत्सवका उपलक्ष्यमा हार्दिक बधाइ व्यक्त गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनको सफलताका साथ आयोजनाका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

उत्तर कोरिया, भियत्नाम, लाओस, क्युबा, रूस, अमेरिका, कम्बोडिया, थाइल्याण्ड, जापान, दक्षिण कोरिया, श्रीलंका, बंग्लादेश, पाकिस्तान आदि देशका नेतागणले शुभकामना सन्देश पठाएका हुन्।