अन्तरिक्षको फोहोर कहाँ फ्याँक्ने?
2022-10-01 19:12:22CRI
Share with:

चाइना मिडिया ग्रुप र चिनियाँ विज्ञान तथा प्रविधि सङ्ग्रहालयद्वारा संयुक्त रूपमा आयोजित  “अन्तरिक्षसम्बन्धी प्रश्न” अन्तरक्रियात्मक गतिविधिमा अन्तरिक्षमा प्रवेश गर्ने पहिलो चिनियाँ अन्तरिक्ष यात्री एवम् चिनियाँ मानववाहक अन्तरिक्ष परियोजनाका उप-डिजाइनर याङ लिवैले विश्वव्यापी युवाका प्रश्नहरूको जवाफ दिनुभएको छ। 

चिनियाँ स छ्वान प्रान्तका बालक चौ चिङप्याउले अन्तरिक्ष स्टेशनको फोहोर कहाँ फ्याँक्ने भनेर प्रश्न सोधेका छन्। 

अन्तरिक्षयात्रीले विभिन्न प्रकारको फोहोर विभाजन गरेर व्यवस्थापन गरेर सामानवाहक अन्तरिक्ष यानमा राख्दछन्। अन्तरिक्ष कार्य पूरा भएपछि ती फोहोरहरू वायुमण्डलमा जलाउँछन्।