छोङयाङ चाड
2022-10-02 18:53:57CRI
Share with:

चिनियाँ पात्रोअनुसार, नवौं महिनाको नवौं दिन छोङयाङ चाड हो। चालू वर्ष छोङयाङ चाड अक्टोबर ४ तारिखमा परेको छ। छोङयाङ चाड प्राचीनकालदेखि शरद ऋतु फसल भित्र्याउनका लागि भगवानको पूजा-आजा गर्ने कार्यबाट सुरू भएको हो। क्रमशः विकास क्रममा यो चाडपर्वमा पूर्खाको पूजा-आजा, पर्वतारोहण, गोदावरी फूलको अवलोकन आदि रितिरिवाज स्थापित भएका छन्। हाल छोङयाङ चाड चिनियाँ वृद्ध-वृद्धाको सम्मान गर्ने पर्व बनेको छ। 

सन् २०१२ मा चिनियाँ जन काँग्रेसको स्थायी समितिबाट पारित संशोधित “चिनियाँ वृद्ध-वृद्धाको मानव अधिकारको सुरक्षा कानून”ले हरेक चिनियाँ पात्रोमा नवौं महिनाको नवौं दिन वृद्ध-वृद्धा दिवस भएको निश्चित गरेको थियो। त्यस दिनमा हरेक परिवारले विविध तरिकामार्फत् वृद्ध-वृद्धालाई शुभकामना व्यक्त गर्दछन्।